मलेसियाका अलराउण्डर शर्भिन मुनियाण्डीले भैरहवा ग्लाडिएटर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । भैरहवाले बिहीबार विज्ञप्ति जारी गरेर २५ वर्षीय मुनियाण्डीलाई अनुबन्ध गरेको जनाएको छ ।

भैरहवाले मुनियाण्डीलाई चौथो विदेशीको खेलाडीको रुपमा भित्र्याएको हो । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले यसअघि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका बलर धम्मिका प्रसाद र श्रीलंकाकै ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ ।

 

भैरहवाको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दसानायके छन् ।

चौथो संस्करणको ईपीएल टी–२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।