एजेन्सी | कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बहादुर बानियाँ आगामी विश्व सम्मेलनको तयारी र संस्थागत समन्वयका लागि अमेरिका हुँदै युरोप भ्रमणमा जाने भएका छन्।
बानियाँ अप्रिल २५ देखि मे २ सम्म स्पेन र बेल्जियममा रहनेछन्। भ्रमणका क्रममा उनले युरोपमा रहेका कास्केली समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्नेछन्। सो अवसरमा उनले संगठनबीचको सम्बन्ध सुदृढ बनाउने र आगामी विश्व सम्मेलन युरोपमै आयोजना गर्ने विषयमा महत्वपूर्ण छलफल गर्ने परिषदले जानकारी गराएकाे छ।
उनले बेल्जियम, आइसल्यान्ड, डेनमार्क, नेदरल्यान्ड, जर्मनी र स्पेनस्थित कास्की आदर्श समाजका नेतृत्वसँग समन्वय गर्दै विभिन्न कार्यक्रम र सहकार्यका सम्भावनाबारे विस्तृत कुराकानी गर्ने अध्यक्ष बानियाले बताए ।
यो भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा कस्केलीहरूबीचको एकता र भाइचारालाई अझ बलियो बनाउने विश्वास परिषद्ले लिएको छ।








