पोखरा २९, असोज ।
हामी दिनहुँ हजारौँ शब्दहरू बोल्ने र सुन्ने गर्छौँ, तर ती साना शब्दहरूले नै मानिसको सोच, निर्णय र अन्ततः भविष्यको दिशा निर्धारण गरिरहेका हुन्छन्। हालै प्रकाशित पुस्तक ‘शब्दले संसार बदल्छका लेखक तथा सफ्टवेयर इन्जिनियर इ. सैलेश आचार्यले मानिसले आफूसँग गर्ने भित्री संवाद नै व्यवहार परिवर्तनको मुख्य जग भएको बताएका छन्।
लेखक आचार्यका अनुसार कुनै पनि अवसर वा चुनौती आउँदा मानिसले प्रयोग गर्ने शब्दले उसको जीवन यात्रालाई १८० डिग्री फरक दिशामा मोडिदिन सक्छ । “यो मबाट हुँदैन“ भन्ने वाक्यले सम्भावनाका सबै ढोका बन्द गर्छ भने “यो कसरी गर्न सकिन्छ?“ भन्ने प्रश्नले अध्ययन, खोजी र विकल्पको बाटो खोल्छ ।
तथ्य र निष्कर्षलाई छुट्ट्याउनुपर्ने आवश्यकता व्यवसाय, अध्ययन वा दैनिक जीवनमा मानिसहरू प्रायः वास्तविक तथ्य र हतारमा निकालिएको निष्कर्षलाई एउटै डालोमा राख्ने गल्ती गर्छन्। वास्तविक तथ्य अहिले पर्याप्त पूँजी छैन वा “बजार सुस्त छ । हतारको निष्कर्ष त्यसैले म केही गर्न सक्दिनँ । बजार सुस्त हुनु वा स्रोतसाधनको अभाव हुनु वास्तविक समस्या हुन सक्छ, तर दृष्टिकोण बदलेर उपलब्ध स्रोतबाट के गर्न सकिन्छ? वा ग्राहकले आफ्नो खर्च कहाँ गरिरहेका छन् भन्ने सोच्ने हो भने नयाँ विकल्पहरू खुल्छन्, आचार्य भन्छन्, यहाँ बजार वा परिस्थिति रातारात बदलिने होइन, बदलिने त केवल हामीले सोध्ने प्रश्न हो।
व्यवहार परिवर्तनका लागि ढाँचा केवल सस्तो सकारात्मक नारा वा म सक्छु भन्दैमा मात्र समस्या समाधान नहुने तर्क प्रस्तुत गर्दै लेखक आचार्यले शब्दलाई व्यवहारमा रूपान्तरण गर्न ढाँचा उपयोगी हुने बताएका छन् ।
विवेक बिनाको आत्मविश्वासले गलत निर्णय गराउन सक्छ । सुक्ष्म अवलोकन बिना बनाइएका योजनाहरू सतही हुन्छन् । पटक–पटक नदोहो¥याई गरिने अभ्यास लामो समय टिक्दैन् । अनुशासन बिनाको सुरुआत धेरैजसो बीचैमा रोकिन्छ । अहिले नै गरको कार्यशैलीहाम्रो मुख्य चुनौती जानकारीको अभाव नभई कार्यान्वयनको कमजोरी भएको उल्लेख गर्दै आचार्य लेख्छन्, “बचत गर्नुपर्छ, स्वास्थ्यको ख्याल गर्नुपर्छ वा नयाँ सीप सिक्नुपर्छ भन्ने लगभग सबैलाई थाहा हुन्छ; तर जान्नु र गर्नु बिलकुलै फरक कुरा हुन्”, पछि गर्छु, “अर्को महिनाबाट सुरु गर्छु” वा “उपयुक्त समय आएपछि गर्छु” भन्ने सोचले कामलाई पछाडि धकेल्दै योजनालाई निष्क्रिय बनाउँछ। त्यसैले निर्णय स्पष्ट भइसकेपछि अनावश्यक ढिलाइ नगरी तत्काल सुरु गर्न उनको सुझाव छ।
ठूला परिवर्तनहरू असाधारण क्षमताबाट नभई साना बानीहरूको निरन्तरताबाट निर्माण हुन्छन्। आफ्नो नियन्त्रणमा के छ? बाह्य परिस्थितिलाई दोष दिएर उम्किनुको साटो परिपक्व निर्णयका लागि “यसमा मेरो नियन्त्रणमा के थियो?” भनेर आत्म–मूल्यांकन गर्नु आवश्यक रहेको आचार्यको भनाइ छ। कुनै पनि चुनौती सामने आउँदा “यो हुँदैन“ भन्नुअघि “किन हुँदैन?” र “अब के गर्न सकिन्छ?” भनेर सोच्ने बानी बसाल्नुपर्छ। शब्दको सौन्दर्य त्यो कति मीठो सुनिन्छ भन्नेमा नभई त्यसले हाम्रो सोच र कार्यशैलीलाई कुन दिशा दिन्छ भन्नेमा निर्भर हुन्छ।