देशको समसामयिक विषयवस्तु लाई समेटी लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले गुहार गुहार बोलको गित लिएर आएका छन।
चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा केशव घिमिरेको शब्द, लय, स्वर रहेको छ भने महिला स्वर मा लक्ष्मी बरालको आबाज रहेको छ। गणेश सापकोटाको छायांकन, केशब घिमिरेको परिकल्पना निर्देशन, सुबाश अम्गाइ को सम्पादन, अंकिता सापकोटाको श्रीङगार, फलानो कृयसनको दृश्य निर्माण रहेको गीतलाई Keshab Ghimire official च्यानल मार्फत हेर्न सकिन्छ।
न्यून आए भएका ,आम्दानी भन्दा खर्च धेरै भएर महङ्गीले निसास्सीएका,आत्तिएका सर्वसाधारण जनताको वास्तविक घट्नालाई अडियो भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको छ।
चर्चित हाँस्य व्यंग्य कलाकार राजेन्द्र नेपाली (लटे), टिकटिकबाट उदाएकी कलाकार प्रतिक्षा अधिकारी, मुन्द्रेमान श्रेष्ठ, ऋषि पौडेल, कमल अर्याललगायत कलाकारको अभिनय यो गितको भिडियोमा देख्न सकिन्छ।
पर्बतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन । पोखरालाई नै कर्म थलो बनाएर बसेका घिमिरेले युवा व्यवसायी पनि हुन भने ६२–६३ साल यताबाट सांगीतिक क्षेत्रमा लागिरहेका छन।
करिब २ सय भन्दा बढि गीत बजारमा ल्याइसकेको बताउने घिमिरेको पछिल्लो गीत गुहार गुहारले पनि सफलता पाओस् हाम्रो शुभकामना ।।
भिडियो को लिन्क