पोखरा, २१ असार ।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटी र लायन्स क्लब अफ पन्चासे चौतारीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका–२९, लेखनाथस्थित नर्मदेश्वर आश्रम परिसरमा वृक्षारोपण तथा गोडमेल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यही असार २० गते शनिबार आयोजित उक्त कार्यक्रममा एभोकाडो, लिची, आँप र ज्याकारण्डाका फलफूलका बिरुवाहरू रोपिएका छन्। वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले यस वर्ष नयाँ बिरुवाहरू रोप्नुका साथै अघिल्ला वर्षहरूमा रोपिएका बिरुवाहरूको गोडमेलसमेत गरेका थिए।

लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा रिजन चेयरपर्सन नरेन्द्रकुमार कार्की र गोलमेल कार्यक्रममा डिष्टिक रिजन चेयरपर्सन नरेश सुवेदी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ पन्चासे चौतारीकी मञ्जु गौतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीका शिवप्रसाद रिमालले गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीका निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी र कास्की कतार समाजका उपाध्यक्ष सन्तोष तिमिल्सिनाले वातावरण संरक्षणमा दुवै क्लबले गरेको सहकार्यको प्रशंसा गरेका थिए। साथै, सो अवसरमा उपस्थित दुवै क्लबका नेतृत्व एवं सदस्यहरूले आगामी दिनहरूमा पनि यस्तै सामाजिक र रचनात्मक कार्यहरूमा आपसी सहकार्यलाई अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
सो अवसरमा लायन्स क्लब अफ पन्चासे चौतारीका पूर्व अध्यक्षहरू सन्तोष घिमिरे, ओमप्रसाद ढकाल, सन्तोष तिमिल्सिना, प्रथम उपाध्यक्ष तिर्थ तामाङ, सचिव शान्ति कुमारी गुरुङ, कोषाध्यक्ष सुचित तामाङ तथा लायन्स सदस्य हितप्रसाद ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
दुवै क्लबका पदाधिकारी र सदस्यहरूको उत्साहजनक सहभागितामा सम्पन्न यस कार्यक्रमले आश्रम परिसरलाई थप हरियाली र सुन्दर बनाउने अपेक्षा राखिएको छ ।