पोखरा, २१ असार ।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको आयोजनामा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
पुइमे रेष्टुरेण्ट पोखरा–१७, विरौटामा शुक्रबार भएको रिपोर्टिङ तालिम तथा पद हस्तान्तरण कार्यक्रम दिउँसो ३ः०० बजेबाट सुरु भएको थियो । उक्त कार्यक्रममा क्लबका पदाधिकारीहरूका लागि रिपोर्टिङसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी विकाश भुर्तेलले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक रहेका भुर्तेलले क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष (एख्क्त्) हरूलाई रिपोर्टिङसम्बन्धी तालिम दिएका थिए।
उनले डिस्ट्रिक्ट गभर्नरबाट प्राप्त निर्देशनहरूलाई ध्यानमा राख्दै काम गर्न, गरिएका सामाजिक कार्यहरूको व्यवस्थित अभिलेख राख्न र समयमै रिपोर्टिङ गर्न आग्रह गरेका थिए।

सोही अवसरमा पद हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको थियो।
वर्ष २०२५/२६ का अध्यक्ष विष्णुप्रसाद अधिकारीले वर्ष २०२६/२७ का अध्यक्ष पदम श्रेष्ठलाई माइन्युट हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पेका थिए।
कार्यक्रममा नवनियुक्त अध्यक्ष पदम श्रेष्ठले आफ्नो कार्यकालको एक वर्षमा सञ्चालन गर्ने कार्ययोजनाहरू पनि सार्वजनिक गरेका थिए।
क्लबका संस्थापक अध्यक्ष तथा एक्टेन्सन मेम्बरचिप एवम् चियरपर्सन पिएमजेफ डोलराज पोखरेलले लायन्स क्लबको स्थापना र लायन्सले विश्वभर गर्दै आएका सामाजिक कार्यहरूको महत्त्वबारे जानकारी गराएका थिए।
कार्यक्रममा सिनियर एओजी शक्ति बरालले स्वागत मन्तव्य राखेका थिए भने डिष्ट्रिक्ट रिजन चेयरपर्सन नरेश सुवेदी, जिएसटी डिष्ट्रिक्ट को–अर्डिनेटर भुविन्द्र गिरी, द्वितीय उपाध्यक्ष कल्याण तिमिल्सिना, सचिव शिवप्रसाद रिमाल, कोषाध्यक्ष कुलप्रसाद अधिकारी र पत्रकार शिरोमणि बरालले शुभकामना मन्तव्य राखेका थिए। भने क्लबका डाइरेक्टरहरू ईश्वर गुरुङ, रेमु थापा, नेपाल प्रकाश अधिकारी, मञ्जु गौतम र शान्ति गुरुङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि विकाश भुर्तेललाई क्लबका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
वर्ष २०२५/२६ का अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको समापन वर्ष २०२६/२७ का अध्यक्ष पदम श्रेष्ठले गरेका थिए । भने सचिव शिवप्रसाद रिमालले सन्चालन गरेका थिए ।








