असोज ३१, पोखरा ।
मुद्रण उद्योग संघ कास्कीको आयोजनामा विभिन्न चाडपर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको बास्तोलाथरमा शनिबार आयोजित दशै, तिहार, छठ पर्व, नेपाल सम्वत लगायतका चाडपर्व विशेष शुभकामना आदान प्रदान एवम् सम्मान कार्यक्रममा मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष दिनेश चन्द्र बास्तोला र द्वितीय उपाध्यक्ष पदम श्रेष्ठलाई बधाई तथा सम्मान पत्रसहित सम्मानित गरिएको छ ।
बास्तोला हालै सम्पन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा र श्रेष्ठ लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्ष पदमा निर्वाचित भएका थिए । बास्तोला ’दि मोर्डन अफसेट प्रेस’ र श्रेष्ठ ’ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस’का सञ्चालकसमेत रहेका छन् ।


संघका अध्यक्ष दिनेश चन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एवम् नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमयले ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बजिमयले केन्द्रीय निर्वाचन तोकिएको समयसीमाभन्दा १ वर्ष नाघ्दासम्म पनि हुन नसक्नु दुःखद र लज्जास्पद विषय भएको बताए । उनले पूर्व अध्यक्ष, सल्लाहकार र वर्तमान अध्यक्षबीच आवश्यक समन्वय तथा तारतम्य मिल्न नसक्दा र केन्द्रीय कार्यक्रमहरू संस्थागतभन्दा व्यक्तिगत बन्दा यस्तो अवस्था आएको आरोप लगाए ।
कार्यक्रमका विशेष अतिथि एवम् केन्द्रीय सदस्य वसन्त बास्तोलाले केन्द्र, प्रदेश र जिल्लाको समन्वयमा आफूले अहम भुमिका निर्वाह गरेको जानकारी गराउँदै सम्पूर्ण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, गण्डकी प्रदेश अध्यक्ष मनोहर दाहालले मुद्रण पेशाको संरक्षण र संवद्र्धनका लागि सदस्यहरूबीच बलियो ऐक्यबद्धता हुनुपर्ने आवश्यकता औंल्याए । महासंघका निवर्तमान उपाध्यक्ष एवम् कास्कीका संस्थापक सल्लाहकार पदमलाल श्रेष्ठले मुद्रण उद्योग संघ कास्कीको स्थापनाकालीन इतिहास र संघर्षका बारेमा प्रकाश पारेका थिए ।


कार्यक्रममा महासंघ गण्डकीका उपाध्यक्ष घनश्याम गौतम, कास्की द्वितीय उपाध्यक्ष पदम श्रेष्ठ, महासचिव राजन कुमाल, कोषाध्यक्ष झंकनाथ अधिकारी (नारायण), कार्यसमिति सदस्य विश्व प्रधान, साधारण सदस्यहरू हरिहर खनिया, केदार पौडेल, राम कृष्ण पौडेल, तुलसी प्रसाद पोख्रेल, निरञ्जन बजिमय तथा ओमप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष दिनेश चन्द्र बास्तोलाले स्वागत मन्तव्य, सचिव अनन्त प्रधानाङ्गले सन्चालन गरेको उक्त कार्यक्रम प्रथम उपाध्यक्ष प्रकाश राज पौडेलले समापन गरेका थिए ।