स्याङ्जा | स्याङ्जाको हरिनास गाउँपालिका–४ सारुथरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने एक कुखुरा फार्ममा ठुलो क्षति पुगेको छ ।
गत बैशाख ११ गते दिउँसो ४:४० बजे स्थानीय तेज बहादुर थापाको कुखुरा फार्ममा चट्याङ पर्दा फार्म पूर्ण रूपमा क्षति हुनुका साथै त्यहाँ रहेका ५५० वटा कुखुरा मरेका छन्। सोही घटनाको समयमा फार्मभन्दा करिब ३०० मिटर टाढा घरमा बसिरहेका ५८ वर्षीय खिम बहादुर थापा चट्याङको झड्काले घाइते भएका थिए।
गम्भीर घाइते थापाको उपचारका क्रममा प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जामा बैशाख १२ गते बिहान १:२० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।








