गुरुकुल विद्यालय सदन, नयाँबजार पोखराद्वारा आयोजित दोस्रो इन्ट्रा–एसईई भलिबल प्रतियोगिता सुरु भएको छ ।
असार १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने उक्त भलिबल प्रतियोगितामा पुरुष तर्फ ४६ टिम र महिला तर्फ ८ टिमले सहभागी जनाएका छन् ।
उक्त प्रतियोगिताको पहिलो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्रले तारा कुञ्ज स्कुललाई २६–२४, २२–२५ र १५–५ मा २–१ ले विजयी सुरुवात ग¥यो । त्यस्तै गरी दोस्रो खेलमा इन्द्रराज्यलक्ष्मी मा.वि. ले माछापुच्छ्रे मा.वि. लाई २–० को सोझो सेटमा पराजित ग¥यो । तेस्रो खेलमा राष्ट्रिय मा.वि.लाई सिद्ध मा.वि. ले २–० को सोझो सेटमा पराजित ग¥यो । चौथो खेलमा सिद्ध बराह मा.वि. ले जि.वि.एस.लाई २–० को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै पाँचौं खेलमा अमर ज्योतीले गुरुकुल विद्या सदनलाई २–० को सोझो सेटमा पराजित ग¥यो । छैटौं खेल सूर्योदय स्कुललाई लक्ष्मी मा.वि.ले २–१ मा पराजित गर्‍याे । सातौं खेलमा बराह मा.वि. लाई हिमालय मा.वि.लाई २–० ले, आठौं खेलमा पातिचौर ले हंसवाहिनी शुक्ला–२ लाई २–० ले पराजित ग¥यो । नवौं खेलमा रत्न मा.वि.ले वर्मा रुपालाई २–१ ले पराजित गर्‍याे । दशौं खेल कालिका मा.वि. र रत्न शोभा मा.वि. बिच भएको खेल वर्षात्का कारण स्थगित भएको छ । उक्त खेल असार २ गते विहान ठिक ७ः०० बजे सुरु हुने प्रतियोगिता संयोजक हरि ढकालले जानकारी दिए ।

भलिबल प्रतियोगिताका प्रमुख अतिथि कास्की जिल्ला भलिबल संघका महासचिव तथा कार्यवहाक अध्यक्ष टंकराज पौडेल एवम् गुरुकुल विद्या सदनका वि.व्य.स. अध्यक्ष भुवन सुवेदीले सूर्योदय स्कुल र लक्ष्मी मा.वि. को खेलमा बल हस्तान्तरण गरी औपचारिक उद्घाटन गरेका थिए ।

प्रतियोगितामा विजेता टिमले रु. २० हजार नगद र १००% छात्रवृत्ति, उपविजेताले रु. १० हजार नगद र ५०% छात्रवृत्ति र तेस्रो हुने टिमले रु. ५ हजार नगद र २५% छात्रवृत्ति सहित ट्रफि, मेडल र प्रमाण–पत्र पाउने आयोजकले बताएको छ । त्यस्तै सान्त्वना टिमले २५% छात्रवृत्ति पाउनेछ । त्यसैगरी सहभागी सम्पूर्ण खेलाडीहरुले २०% छात्रवृत्ति पाउने गुरुकुल विद्या सदनका प्रधानाध्यापक नारायण आचार्यले जानकारी गराए ।
सर्वोत्कृष्ट खेलाडी तथा विधागततर्फ उत्कृष्ट हुनेले विशेष आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र, पोखरा–३, नदीपुरको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता संचालन गरिएको छ ।