पुष २४, पोखरा

भिन्तुना युवाक्लब, तेर्सापट्टीद्वारा आयोजित प्रथम एमेच्योर फुटसल प्रतियोगिता यही पुष २६ र २७ गते हुने भएको छ ।
पोखरा तेर्सापट्टीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै एमेच्योर फुटसल प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ ।
क्लबका अध्यक्ष मनोज शिल्पकारले पत्रकार सम्मेलनमा क्लबको स्थापनाकालदेखि नै सामाजिक कार्यक्रमहरु गर्दै आएको र यो वर्ष खेलक्षेत्रसँग जोडिएर सामाजिक सद्भाव राख्ने उद्देश्यका साथ फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी गराएका थिए।
उनले, वि.सं. २०५९ सालमा स्थापित क्लबले समाजिक सद्भाव, सस्कृतिको जगेर्ना र दुव्र्यसनीमा फसेका युवाहरुलाई असल नागरिक बनाउने मूल उद्देश्य भएपनि पछिल्लो समयमा देशको विषम परिस्थितिमा क्लबले विभिन्न सामाजिक कार्यबाट सहयोग गरेको उल्लेख गरे ।
अध्यक्ष शिल्पकारले कोरोना संक्रमणकालको २ वर्षमा करिब ५० हजार जनालाई निःशुल्क खाना खुवाएको जानकारी गराउँदै आगामी दिनमा पनि क्लबले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी फुटसल प्रतियोगिताका संयोजक अनिरुद्र उदासले फुटसल प्रतियोगिताले मोफसलमा रहेका खेलाडीहरुको अन्तरनिहित प्रतिभालार्ई प्रफुटन गर्नुका साथै आपसी भाइचाराको सद्भावलाई अझ प्रगाढ बनाउने मूल उद्देश्यका साथ प्रतियोगिता गरिएको जानकारी गराए । उनले मानसिक, शारिरीक स्वास्थ्य एवम् सांस्कृति, पेशागत मूल्य तथा सामाजिक सम्बन्धलाई अझ मजवुद बनाउनको लागि प्रतियोगिताले उल्लेख्य योगदान पु¥याउने अपेक्षा लिएको बताए ।
संयोजक उदासले करिब ६ लाख लागतमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय हुनेलाई ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै, वेष्ट प्लेयर, वेष्ट गोलकिपर, हाइस्कोरर, वेष्ट डिफेन्डर र फेयर प्लेयरलाई ५–५ हजार, मेडल र ट्रफी प्रदान गरिने र म्यानअफ दि म्याचलाई १ हजार सहित ट्रफी पुरस्कार राखिएको जानकारी गराए ।
त्यसैगरी आयोजकको तर्फबाट निरज कायस्थले क्लब स्थापनाको मूल उद्देश्य प्रकाश पारेका परेका थिए । भने अनिल उदासले नियमित खेलकुदका गतिविधिले खेलाडीहरुको प्रतिभालाई थप उत्प्रेरणा दिने भनाई रहेको थियो ।
क्लबका पूर्व अध्यक्ष एवम् सल्लाहकार राजन श्रेष्ठले प्रतियोगितामा करिब पुरुष २५ टिम र मैत्रीपूर्ण प्रतियोगितामा २ टिम महिलाको सहभागिता रहने उल्लेख गरेका थिए।
नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले सञ्चालन गरेको पत्रकार सम्मेलन मनोज सिल्पकारको अध्यक्षतामा भएको थियो ।

सहभागि टिमलाई टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ भने प्रतियोगिताको सबै खेलहरु स्पोर्ट्स क्यासल गैरापाटन पोखरा -४ मा हुनेछ।