नेपाल मार्सल आर्ट हाप्किडो पर्बत उपाध्यक्ष तथा युवा संघ पर्बतका नेता माधव गिरी को बाइक दुर्घटनाबाट मृत्यु भएको छ।
सराङकोटबाट पोखरा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नं. २, सराङकोट, गुम्बा नजिकै ग १८ प ४८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।
पर्वत कुश्मा नगरपालिका वडा नं. ७ चुवाका गिरीलाई उपचारको लागि साहारा अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि बसेका वर्ष ३२ का गोविन्द गिरीको अवस्था मध्यम रहेको र उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ। के कारणबाट घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।
नेपाल मार्सल आर्ट हाप्किडो पर्वतका अध्यक्ष आशिष श्रेष्ठले पर्वतको आशाका विन्दु एवम् खेल क्षेत्रको विकास र विस्तरको लागि अहोरात्र खट्ने एक कुशल लोकप्रिय नेता गुमाउदा पर्वतले ठूलो क्षति व्यहोरेको जानकारी गराए। उनका सपनालाई पूरा गर्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन्।