असोज २, पोखरा ।
पोखरा बृद्धाश्रमद्वारा सञ्चालित “ऋषि लिला पत्रकारिता पुरस्कार २०८१” बाट पत्रकार बासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।
यही असोज १५ गते एक कार्यक्रमका विच पत्रकार पौडेललाई ५० हजार रुपैयाँ नगद प्रदानसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिनेछ । पत्रकार पौडेल राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत छन् ।

पोखराका शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका प्रजातन्त्र सेनानी एवं पोखरा बृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशव पराजुलीद्वारा उक्त पुरस्कार स्थापना गरिएको हो ।

प्रतिभा छनोटका लागि अग्रज पत्रकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पूर्व वडासदस्य पार्वती थापा एवम् पदेन सदस्यमा बृद्धाश्रमका अध्यक्ष कुुसुमकेशव पराजुुली र सचिव धर्मबहादुर गुरुङ थिए ।
पत्रकारिताका माध्यमबाट पोखरा बृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गर्दै आएको पोखरा बृद्धाश्रमका कोषाध्यक्ष भीम प्रसाद सुवेदीले बताए ।
पौडेलले पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुुर्यासएवापत दहचोक एकता सम्मान, चन्द्रागिरी पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । उनी पर्यटन सम्बद्ध एनटिभिए, एगा, टेवान लगायत संघसंस्था, एग्रो टुरिज्म सहकारी, सिलिङ्गे महिला चेतना समूह, मिलनसार सहकारी लगायतबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।