कार्किनेटा सम्पर्क समाज पोखराको स्थापना दिबसको अबसरमा मानव सेवा आश्रममा रहेका अनाथहरुलाई विहानको खाना खुवाएको छ ।
सम्पर्क समाजको ७ औं स्थापना दिवसको अवसरमा आज पोखरा–१७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा रहेका ७५ जना अनाथ दिदीबहिनीहरुलाई विहानको खाना खाना खुवाइएको हो ।
कार्यक्रममा बोल्दै सम्पर्क समाजका अध्यक्ष केशव घिमिरेले संस्थाले स्थापना दिवसको अवसर पारेर विगतका वर्षहरुमा पनि यस्तै कार्यक्रम गरेर मनाइने गरेको जानकारी गराएका थिए । उनका अनुसार स्थापना दिवस मनाउनको लागि समाजका बर्तमान तथा पूर्व पदाधिकारी, सदस्य, सल्लाहका तथा आजिबन सदस्यहरुबाट स्वतस्फुर्त संकलित सहयोग रकमलाई अनावश्यक खर्च गर्नु भन्दा मानव आश्रममा रहेका अनाथहरुलाई सहयोग गर्न पाउँदा व्यक्तिगत तथा संस्थागत तर्फबाट खुशी व्यक्त गरेका थिए ।
“हामीले ठुलो सहयोग गर्न न सके पनि हामी जस्तै संस्थाहरुले आश्रममा यस्तै सहयोग गरे आश्रम सहज तरिकाले चलाउन टेवा पुग्छ,” उनले भने ।
उक्त कार्यक्रममा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद पौडेल, उपाध्यक्ष शिव प्रसाद पौडेल, सचीव धन प्रसाद पाध्या, सह सचिब शेषकान्त शर्मा दिपु, सदस्यहरु नारायण पौडेल, अशोक पौडेल, सालिकराम पौडेल, कमला श्रेष्ठ, करिश्मा बराल शर्मा, प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।