पोखरा। नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार हिमनिधि लौडारी मंगलबार सम्मानित भएका छन्।
सम्मानित लौडारीले कार्यक्रममा बोल्दै आफूले पत्रकारिता जगतमा तटस्थ रही काम गर्दा कहिल्यै पुरस्कार र सम्मानको अपेक्षा नगरि काम गरेको बताए। उनले शान्ति पत्रकारिता पुरस्कारले हौसला र जिम्मेवारी थप गरेको बताए।

पूर्णप्रसाद/मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित दोसल्ल्ला र सम्मानपत्रबाट लौडारीलाई सम्मानित गरिएको हो।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा लौडारीलाई पुरस्कार सहित सम्मान गरिएको हो।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यस वर्ष लौडारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो भने यसअघि पत्रकार राजबहादुर गुरुङलाई सम्मान गरिएको थियो।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारिता, शान्ति र मानव कल्याणको क्षेत्रका सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै पत्रकार लौडारीलाई पुरस्कृत गरिएको संयोजक पौडेलले जानकारी गराएका थिए।