सुर्खेत । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको शनिबार वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
नेपाल उद्योग महासंघका अध्यक्ष पुष्कल गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै उनले बजारमा कागजको अभाव सँगै मुल्य बृद्धिमा महासंघ ध्यानाकर्षण भएको बताएका छन्।
गौतमले बजारमा कागजको मुल्यमा बृद्धि भएसगै मुद्रण ब्यवसायीहरु समेत मुल्य बृद्धि गर्न बाध्य हुने अवस्था सृजना भएको बताए । मुद्रण कार्यको मुल्य मुख्य रुपमा कागजको मुल्यमा नै आधारित रहने भएकाले कागजको मुल्य बृद्धि संगै मुद्रण कार्यको मुल्य समेत स्वतः बृद्धि हुने गौतम बताउछन् । साथै महासंघले कागज अभावको बहानामा भएको कागजलाई लुकाई कालो बजारी गर्ने सम्भावना समेत रहने कुरालाई औंल्याउँदैे मुद्रण उद्योगी तथा ब्यवसायीहरुलाई अनावश्यक मौजदात नराख्न र कागज आयातकर्ता, डिलर तथा खुद्रा बिक्रेतालाई कागज मौज्दात राखि अभाब सृजना खडा नगर्न र उपलब्य कागज सहज रुपमा बिक्री गर्ने वातावरण सृजना गर्दै सहज आपुर्तीका लागि अग्रसर रहन आग्रह गरेको छ ।
अध्यक्ष गौतमले ब्यवसायकि एकता, संस्थागत बिकास र क्षमता तथा ब्यवसाय अभिबृद्घिको क्षेत्रमा नेपाल मुद्रण उद्योग महासंघले महत्वपूर्ण भूमिका निर्बाह गरिरहेको बताए। नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष हिमाकुमारी उपाध्यायकोे अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष गौतमले मुद्रण उद्योग तथा ब्यवसायको क्षेत्रमा एक पछि अर्को गर्र्दै सृजना भईरहेका समस्याहरुको समाधानका लगि ब्यवसाययिक एकताको आवश्यकता औंल्याउँदै सम्पूर्ण ब्यवसायीहरु आफ्नो जिल्ला अन्तरगतका संघ तथा बस्तुगत संघको माध्यमबाट महासंघको छातामुनी गोलबन्द हुन जोड दिएका थिए।
विकास र समृद्धिको लागि स्वदेशी उद्योगको महत्वपूर्ण स्थान रहेको र त्यसका लागि मुद्रण उद्योग तथा ब्यवसायको क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले सरकारी स्तरबाट पनि सोही अनुसारको ब्यबहार र भूमिका हुनु पर्नेमा जोड दिएका थिए। विश्वमा नै मुद्रण कार्यका लागि द्रुत गतिमा भएको प्रविधि विकासलाई नेपाली मुद्रण उद्योगी व्यावसायीहरुले आत्मसाथ गरी अगाडि बढ्न सक्नु नेपाली मुद्रण उद्योग जगतका लागि मात्र नभई देशका लागि नै खुशिको बिषय भएपनि सरकारले अहिले पनि नीजि स्तरबाट संचालित स्वदेशी मुद्रण उद्योगलाई बिश्वास नगरेको प्रति उनको दुखेसो थियो ।
नेपालमा दक्ष जनशक्ति र मुद्रण मैत्री वातावरणको अभावमा दु्रत गतिमा भएको प्रविधिको विकासले यस क्षेत्रलाई थप चुनौतीपूर्ण बनाउँदै लगेको र प्रविधि र गुणस्तरको दृष्टिले नेपालको मुद्रण व्यवसायले विश्व स्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने भएता पनि मुद्रणका धेरै कार्यहरु अझै पनि विदेशमा गराई रहनु मुद्रण उद्योगि एवं व्यवसायीहरुका लागि चुनौती र चिन्ताको विषय मात्र बनेको नभई राज्यलाई नै नोक्सानी भएको उनको तर्क थियो । “सम्भव भएसम्मका मुद्रणका सम्पूर्ण कार्य स्वदेशमा नै गराउन सरकारले नीतिगत निर्णय गरी मुद्रण उद्योगको विकास, विस्तार तथा प्रोत्साहन गर्न जरुरी छ”, उनले भने। कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष खोमकान्त रेग्मी, उपाध्यक्ष सिताराम साह, महासचिव युवराज श्रेष्ठ, सदस्य मिना ढकाल, पूर्व उपाध्यक्ष अजय सिंह, उद्योग तथा उपभोक्ता हित संरक्षणका निर्देशक मुकुन्द नाथ योगीलगायतका बक्ताहरुले समेत सो अवसरमा आफ्ना धारणा राखेका थिए।
आगमी दुई बर्षका लागि नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पंचरत्न शर्मा, उपाध्यक्ष हिरामणी चौलागाईं,सचिव सोम ढकाल, कोषाध्यक्ष मोहन खडका र सदस्यहरुमा दिपेन्द्र उपाध्याय, मिना बुडा, बिन्दु नेपाल, श्रीधर पौडयाल, बिन्द्रा गुरुङ्घ,प्रशान्त कार्की, दिनेश खडका, मान बहादुर खडका, नगेन्द्र उपाध्याय र सुरेन्द्र रेग्मीलाई चयन गरेको छ । यसै गरी सुर्खेत मुद्रण उद्योग संघमा हिमाल नेपाल अध्यक्ष, निम बहादुर बुढा उपाध्यक्ष, टेक बहादुर पहाडी सचिव, देबदत्त पौडेल सह सचिव, कोषाध्यक्ष सबिन गौतम र सदस्यमा राजेश पुन, नकराज जैसी, राजु के.सी.चयन भएका छन्।