नेवाः जागरण मञ्च कास्कीको दोस्रो अधिवेशन तथा बार्षिक साधारण सभा शनिवार पृथ्वी चोकमा भएको छ।
। कार्यक्रमका प्रमुख अतिथि नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले दिप प्रज्ज्वलन गरि उद्घाटन गरेका थिए। उनले नेवार जातिमा नेवारहरुलेनै पद र कुर्चिको मोहमा परि अन्य सस्था दर्ता गरेकोमा दुःख प्रकट गर्दै कुनैपनि हालतमा राजनीतिक रङ्ग दिन नहुने भन्दै पद र कुर्चिका लागि नयाँ सस्था दर्ता गर्दै जान नहुने बताए।
पोखरामा नेवाः संग्राहालय स्थापना भएको जनाउदै यसले नेवारहरुको प्रतिष्ठा बढेकोमा खुसी प्रकट गर्दै नया कार्य समितिलाइ आगामी कार्यकालका लागि सफलताको शुभकामना दिदै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएका थिए।
आगामि दुई बर्षे कार्यकालका लागि संस्थाकै उपाध्यक्ष तथा कानुन ब्यवसायी राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा पूर्व अध्यक्ष पदेन सदस्य रहने गरि ११ सदस्यीय कार्य समिति चयन भएको छ भने वरिष्ठ उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, उपाध्यक्षमा देवकुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, सह–सचिवमा लक्ष्मण श्रेष्ठ, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, सदस्यहरुमा नन्वहादुर श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, विध्या श्रेष्ठ, मिना श्रेष्ठ र बाबुकाजि श्रेष्ठ रहेका छन्।
कार्यक्रममा नब निर्वाचित अध्यक्ष श्रेष्ठले नेवार जातिको धर्म सस्कृति परम्परालाई रक्षा गर्नकै लागि अब देसै भरका नेवारहरु एकताबद्ध हुनु पर्नेमा जोड दिएका थिए।
काठमाडौंमा सडक विस्तार गर्ने नाममा सरकारले राष्ट्रिय पहिचान बोकेका कलात्मक घर र विभिन्न धार्मिक मठ मन्दिर भत्काउनुका साथै नेवार जातिलाइ नै सुक्म्वासी बनाएको आरोप लगाए। सरकारले सर्वोच्चको आदेसलाई समेत अवहेलना गरि नेवार समुदाय लाइनै विस्थापित गर्न खोजेको प्रति आपत्ति जनाए। कार्यक्रममा सस्थाकै अध्यक्ष राजेन्द्र साईलाई प्रमुख अतिथि बाट सन्मान गरिनुका साथै सहयोगी सदस्य तथा पदाधिकारीहरुलाइ समेत सन्मान गरिएको थियो
कार्यक्रम सस्थाकै अध्यक्ष राजेन्द्र साईको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तब्य नेवारी भाषामा गीतद्वारा सस्थाकै सल्लाहकार तथा अग्रज पत्रकार उदय वहादुर अमात्यले गरेका थिए।
सस्थाका कानुनी सल्लाहकार तथा कानुन व्यवसायी निर्वाचन कमिटिका सयोजक सोमबहादुर श्रेष्ठले सर्वसम्मतबाट निर्वाचित नव कमिटिलाई बधाई तथा शुभकामना दिएका थिए।
सस्थाका सचिव कृष्णकुमार श्रेष्ठले कार्यक्रम सचालन गरेको कार्यक्रममा सदस्य बिनोद कातिला लगायतले धन्यवाद मन्तब्य राखेका थिए ।