हेमजा सञ्चार सहकारी सस्था पोखरा २५ हेमजाको आठौ साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य सारदा पौडेलले सस्था मजबुद बन्न सञ्चालक समिति र कर्मचारी बिच तालमेल मिल्नु पर्ने बताउदै सस्थाको लागि सक्दो सहयोग गर्ने बताइन। कार्यक्रममा सस्थापक अध्यक्ष अरुणस्तोम त्रिपाठी, सस्थापक सचिब केशब शरण पौडेल, सस्थापक कोषाध्यक्ष कृष्ण त्रिपाठी, सल्लाहकार कोबिदशरण उपाध्याय, मादबशरण पौडेल र मोतिराज तिमिल्सिना लगाएतले बोलेका थिए।
सस्थाका उपाध्यक्ष अर्जुन पौडेलले स्वगत गरि सुरु भएको कार्यक्रममा सचिब नारायण बास्तोलाले सचिबको प्रतिबेदन, कोषाध्यक्ष बिष्णु बास्तोलाले आर्थिक प्रतिबेदन, र लेखा समिति संयोजक भरतराज अधिकारीले लेखा प्रतिबेदन प्रस्तुत गरि सभाले पारित गरेको थियो।
सस्थाका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य आरती अधिकारीले सात सिदान्त बाचन र सञ्चालन सचिब बास्तोलाले गरेका थिए।
Related