पर्वत उद्योग वाणिज्यको चुनावमा स्थानीय निर्वाचनको झल्को
पर्वत। पर्वत उद्योग वाणिज्य संघको चुनाव नजिकिदै गर्दा निर्वाचनमा अत्याधिक मत सहित विजयी हुने दुवै टिमको दावी रहेको छ।
पर्वत जिल्लामा रहेका ६१ वडा संगठनबाट करिब २ हजार २ सय ९६ व्यवसायिक संस्था पर्वत उद्योग वाणिज्य संघमा दर्ता भएका छन्।
व्यवसायीहरुको साझा संगठन संस्था पर्वत उद्योग वाणिज्य संघले यही चैत्र ७ गते १७ औं अधिवेशन गर्न लागेको छ। यस अघि २०७४ सालमा अधिवेशन भएको थियो।
पर्वत उद्योग वाणिज्य संघको मतदाताहरुले मतदान प्रक्रियामा एक व्यक्ति एक भोट सिस्टम रहेको छ केही टाढाबाढा राजनैतिक खोल ओडेका नेतृत्व टिमले एउटै व्यक्तिको नाममा धेरै फर्म भएकोलाई अन्य व्यक्तिको नामबाट दर्ता गराइएको त छैन ? यस्तो विषयमा गहन भएर स्पष्ट मतदाता चिनेर मात्रै मतदातालाई मतदान गराउनु पर्ने देखिएको छ।
संघको निर्वाचनको प्रचार–प्रसारको क्रममा गोपी अधिकारी र शिव शर्मा नेतृत्वको प्यानलले आफूहरुलाई व्यवसायीहरुको साझा प्यानल हो भनिरहेका छन्। मौखिक रुपमा साझा प्यानल भनिएपनि संघको निर्वाचनमा राजनैतिक रंगले छोएको प्रष्टै देख्रिन्छ।
उद्योग व्यवसायीहरुको साझा संघले उद्योग व्यवसायीहरुको हक, हित र उनिहरुको व्यवसायिक सुरक्षाका लागि कटिबद्ध भएर काम गर्नको लागि अगाडि बढ्नुपर्ने हो। तर राजनैतिक धरातलमा रही चुनावी प्रचारप्रसारमा अगाडि बढ्नुले कतै अबको नेतृत्व टिमले आफ्ना भोटरहरुको लागि मात्रै काम गर्ने वातावरण बन्ने हैन भन्ने प्रश्न खडा भएको छ।
पर्वत उद्योग वाणिज्य संघको मतदाताहरुले मतदान प्रक्रियामा एक व्यक्ति एक भोट सिस्टम रहेको छ केही टाढाबाढा राजनैतिक खोल ओडेका नेतृत्व टिमले एउटै व्यक्तिको नाममा धेरै फर्म भएकोलाई अन्य व्यक्तिको नामबाट दर्ता गराइएको त छैन ? यस्तो विषयमा गहन भएर स्पष्ट मतदाता चिनेर मात्रै मतदातालाई मतदान गराउनु पर्ने देखिएको छ।
व्यवसायीहरुको मन जितेर भोट माग्न सक्नुपर्छ, उनिहरुले अगाडि गरेका कामको मुल्याङ्कन गरी मतदान गर्नुपर्छ। अन्यथा, नातावाद र कृपावादको सिद्धान्तलाई अगाडि बढाएमा भोलिको दिनमा पर्वत उद्योग वाणिज्य संघले राम्रो नेतृत्व पाउदैन त्यसले उद्योग व्यवसायीहरुको समस्यालाई समाधान गर्ने बाटो बन्द हुन सक्छ।

पर्वत उद्योग वाणिज्य संघमा चुनावी माहोल तातेको छ। नयाँ नेतृत्वमा पुग्ने आशा सहित अगाडि बढेको दुवै टिमलाई एक पक्ष गोपि अधिकारी प्यानललाई नेकपा (एमाले र माओवादी) टिमले प्रत्यक्ष सहयोग गरेको देखिन्छ भने अर्को टिम शिव शर्मा पौडेलको प्यानललाई नेपाली कांग्रेसले प्रत्यक्ष सहयोग गरेको देखिन्छ।
अधिकारी समूहले ‘समृद्ध पर्वत हाम्रो चाहना, व्यवसायिक एकता हाम्रो प्रतिवद्धता’ को नारा बोकी अगाढि बढेको छ। विगतमा पर्वत जिल्लामा गरेका कामहरु उद्योग व्यवसायीले मनन गरेमा ढुक्क सँग जित्ने दावी गर्दछन्। नेकपा फुटेर दुई तर्फ भए पनि संघको निर्वाचनमा आफूहरुलाई कुनै असर नपर्ने बताएका छन्।
त्यसैगरी पौडेल समूहले ‘संस्थामा सुसाशनः व्यवसायमा आधुनिकीकरण’ मुल नारा लिइ अगाडि बढेको, व्यवसायमा खरिएका उर्जाशिल कुशल युवा व्यवसायीहरुको नेतृत्व भएकोले पर्वतेली उद्योग व्यवसायीहरुले मतदान गरि विजयी गराउने दावी राखेको छ।
दुवै टिम चुनाव प्रसार तिव्र पार्दै गाउँगाउँमा हिडिरहेका छन्। उनिहरुले आफ्नो प्रतिबद्धताहरु समेत सार्वजनिक गरिसकेका छन्।
अधिकारी समूहले हरेक पालिकामा उपशाखा खोल्ने वातावरण बनाई १ लाख सम्म प्रोत्सहान स्बरुप रकम दिने, जिल्लामा भएका सात वटै पालिका भित्र रहेका बिभिन्न सम्भावनाको उपशाखा मार्फत खोजी गरी नेपाल सरकार तथा सम्बन्धित ठाउँमा त्यसको प्रर्बद्धनको लागि पहल गरिने, नेपाल सरकार समक्ष प्रस्तुत गरिएको नयाँपुल देखि कास्कीको हेम्जा सम्म सुरुङ मार्गको सम्भाब्यता अध्ययनलाई ठोस निष्कर्शमा पुर्याउने गरि काम गरीने, पर्वत सदरमुकाम कुश्मा बजार आसपास देखि बागलुङको भैरबथान सम्म केबलकारको अबधारणा सहित जग्गा खोजीको पहलसंगै काठमाडौमा रहेको चन्द्रागिरी केबलकारका सञ्चालकसंग समबन्य गरी काम अगाडि बढाईने, पालिका स्तरबाटै उद्योग नबिकरण, राजश्व संकलन लगायतका काम सुचारु गरिने, उद्योग बाणिज्य संघको बर्तमान ६१ लाखको कोषलाई बृद्धि गरी १ करोड बढी पुर्याउने लगायतका ३० बुदाँमा अधिकारी समुहले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।
उता पौडेल समुहले पनि संस्थालाई स्थापना काल देखी हाल सम्म ल्याई पु¥याउन आफ्नो महत्त्वपूर्ण योगदान रहेको दाबी गर्दै उद्योग बाणिज्य संघको नबिकरण मोवाईल एप्सबाटनै गर्न सकिने, उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने, प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने, पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइने, आगामी अधिबेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने, कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिने, प्यान, भ्याट, ट्याक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने, बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने, खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने, आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने लगायतका ३८ बुँदामा पौडेल समूहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। दुबै समुहबाट एक एक अध्यक्ष सहित दुई महिला र बिस जना सदस्य गरी २३ जना चुनाबि प्रतिस्पर्धामा रहेका छन्।
आशा छ, पर्वतेली उद्योग व्यवसायीहरुले सही नेतृत्व छान्नेछन्। दुवै टिमलाई अग्रिम शुभकामना।








