गण्डकी ढुवानीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
पोखरा । गण्डकी ढुवानी प्रा.लि.ले एक कार्यक्रमका विच दोस्रो साधारण सभा सम्पन्न भएको छ।
पोखरा–७ मासबार गोल्डेन पार्टी प्यालेसमा शनिबार कार्यक्रम गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले दियोबाली कार्यक्रमको उद्घाटन गरेका थिए।
उनले कार्यक्रममा बोल्दै व्यवसायी व्यवसायीहरु नै एकता नहुँदा राज्यले हेपेको बताएका छन्। समस्यालाई समाधान गर्नको लागि एक ढिक्का भएर अगाडि बढ्न ढुवानी व्यवसायीहरुलाई आग्रह गरेका थिए।
“जबसम्म ढुवानी व्यवसायीहरुमा एकता हुँदैन तब सम्म राज्यले थिचोमिचो गरिरहन्छ। कोभिड–१९ ले व्यवसाय अक्रान्त परेको परेको अवस्थामा दुई तिहाईको सरकारले ढुवानी व्यवसायीहरुका समस्यालाई सम्बोधन विश्व बजारमा मुल्य घटेको अवस्थामा नेपालमा पेट्रोलियम पदार्थको मुल्य बढाउनुले ढुवानी व्यवसायी मारमा परेको छ,” उनले भने।
“पोखरा महानगरपालिकाले स्मार्ट सिटी बनाउछु भन्दै गर्दा मैले मेयरसापलाई पार्किङ व्यवस्था कहाँ गर्नुभो मेयर साब भन्दा उहाँले बसेर छलफल गरौंला मात्र भन्नुभयो, केही साथीहरुको नातावाद, कृपावादको कारण गाह्रो भयो। अहिले सडक सडक भाडामा लगाउनुभयो, घण्टे पार्किङ सुरु भयो। यो नितान्त गलत कार्य हो,” साईले भने।
जागाँैं नेपाल अभियानले पार्किङ व्यवस्थापनमा विरोध गरिरहँदा ढुवानी व्यवसायीहरुले असहयोग गरेको उनको आरोप थियो। “अभियानले पार्कीङको विरोध गरिहदा कुनैै व्यवसायीहरुको प्रतिनिधि विरोध ¥यालीमा सहभागी भएनन्, देखिएनन्, जसले गर्दा यो अवस्था भोग्नुप¥यो,” उनले भने।

फेवा टेलिभिजनका प्रमुख माधव पनेरुले मिडियासँग सहकार्य गरि अगाडि बढेमा व्यवसायीहरुका समस्याहरु राज्यले थाहा पाउने जानकारी गराउँदै समस्या समाधानको लागि थप बहसको आवश्यकता रहेको बताए।
पोखरेली ट्याक्सी समितिका अध्यक्ष प्रकाश तिवारीले अहिलेको सरकार न देख्छ न सुन्छ, कानमा तेल हालेर बसेको आरोप लगाएका थिए। विश्व बजारमा रहेको ५९ रुपैयाँको तेललाई नेपालमा १ सय १४ मा बेच्नु कुन प्रकारको व्यापार हो सरकारले जनतालाई स्पष्टीकरण दिनुपर्ने बताए।
कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीका अध्यक्ष केदार प्रसाद पौडेल, नेपाल यातायात मजदुर गण्डकीका अध्यक्ष किरणवावु पन्त, तालबाराही साप्ताहिकका सम्पादक सूर्य सिकारु, जागौं नेपाल राष्ट्रिय अभियानका सह–संयोजक शिवराज वस्ताकोटी, अनेयाम संघका अध्यक्ष अग्निधर खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका तिलबहादुर विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए।
सांस्कृतिक कार्यक्रम सहित गरिएको कार्यक्रममा व्यवसायी, कानुनविद् र संस्थालाई मिडियाको तर्फबाट सहयोग पु¥याएका मिडियाकर्मीलाई मायाको चिनोले सम्मान गरिएको थियो।
अध्यक्ष रामबहादुर तामाङ (शिवु)को अध्यक्षतामा भएको कार्यक्रम सचिव ईन्द्र मल्ले कार्यक्रमको सञ्चालन गरेका थिए। भने कार्यक्रम संयोजक ईश्वर बस्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

















