पर्वत ः पर्वत जिल्लामा भएको खुल्ला भलिबल प्रतियोगितामा टाइगर गु्रप अफ पोखरा नेपाल प्रथम भएको छ।
पुन युवा क्लबद्वारा ३९ औं मगर दिवसको अवसरमा आयोजना गरिएको एतिहासिक दोस्रो राष्ट्रिय मगर महोत्सवको खुल्ला भलिबल प्रतियोगितामा फइनलमा पुगेको टाइगर गु्रप अफ पोखरा नेपालले आयोजक टिम पर्वत भलिबल संघलाई सोझो ३ सेटमा पराजित गरेको हो।
उक्त प्रतियोगितामा टाइगर गु्रप र पर्वत भलिबल संघले पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१२ अंक हासिल गरेका थिए।
प्रतियोगितामा टाईगर गु्रपका किरण गुरौं उत्कृष्ट खेलाडी, घन श्याम चौधरी उत्कृष्ट सर्भर, राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर भएका छन्।
विजयी एवम् उत्कृष्ट खेलाडीहरुलाई नगद सहित ट्रफी प्रदान गरिएको थियो।
कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल व्यापार, कृषि तथा पर्यटन प्रबद्र्धनमा प्रतिवद्धता भन्ने मूल नाराका साथ एतिहासिक दोस्रो राष्ट्रिय मगर महोत्सव पर्वतमा गरिएको आयोजक टिमले जानकारी गराएको छ।
महोत्सवले मगरजातिहरुको पहिचान र संस्कृतिलाई जगेर्ना गरी राष्ट्रिय इतिहासलाई जोगाउन उल्लेख्य टेवा पु¥याउने आयोजकले बताएको छ।









