“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रथम स्व.हेनरी लेप्टेन नन्द सिंह गुरुङ स्मृति कप फागुन २४ देखि २६ गतेसम्म कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा न–८ नयाँपुल साखुमा हुने भएको छ।
स्व.हेनरी लेप्टेन नन्द सिंह गुरुङको सम्झनामा माच्छापुच्छ«े गाउपालिकामा रहेको फेरि भेटौला युवा क्लबले पुरुष, महिला, प्रौढ, विविध खेलकुद, सम्मान, सास्कृतिक, मनोरञ्जनात्मक एबम हास्य व्यंग्यात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। स्व.गुरुङ खेल क्षेत्रलाई माया गर्ने ब्यक्तिका रुपमा चिनिन्छन्।
स्व.गुरुङको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको क्लबका उपाध्यक्ष एबम कार्यक्रम संयोजक खडानन्द गौतमले बताए। उनले मानिस शारिरीक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकुदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र विकास गर्नु आजको आवश्यकता बताएका छन्।
मूल आयोजक समिति सचिब गोपाल थापा मगरले समाजमा कुरिति, विसंगति र नकरात्मक क्षेत्रमा युवाहरु हिड्ने अबस्था सृजना नगर्न खेल क्षेत्रले सुधारगृहको काम गर्दछ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथै खेलकुदले स्वस्थ्य जीवन बिताउन र सवल नागरिक उत्पादन हुने बताए।
क्लबका अध्यक्ष सन्तोष गुरुङले पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई २१ हजार, द्वितीय लाई १५ हजार र महिला भलिबल प्रतियोगितामा प्रथमलाई १५ हजार द्वितीयलाई १० हजार, प्रौढ भलिबल, सटपुट, रस्सि तान्ने, घैटो फुटाउने, मेच घुमाइमा आकर्षक पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको जनाए। साथै विद्यागत पुरस्कार समेत समावेश भएको उनले भने।
क्लबका अध्यक्ष गुरुङले प्रतियोगिताबाट संकलित रकमबाट दिवंगत गुरुङको स्मृतिमा कोष खडा गरि सामाजिक एबम खेल क्षेत्रको समुचित बिकासमा खर्च गर्ने गरिने बताएका थिए।
मुल आयोजक समितिका महासचिव मिना काफ्लेले उक्त कार्यक्रममा खेल सगै प्रत्येक दिन विभिन्न कलाकारहरुको सांस्कृतिक, मनोरञ्जनात्मक एबम हाँस्य व्यंग्यात्मक प्रस्तुति रहने जानकारी गराइन्।