पोखरा । लोक दोहोरी प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको बनभोज, स्वागत सम्मान एवम् सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दोहोरी प्रतिष्ठान कास्कीका सल्लाहकार, कोहिनुर अपसेटप्रेसका सञ्चालक, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका महासचिव, के.इ.एफ विद्यालयका अध्यक्ष तथा कार्यक्रम संयोजक बसन्त बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनले कार्यक्रम नितान्त प्रतिष्ठान कास्कीका सल्लाहकारहरुको आयोजना भएको र विशेष सहयोग गर्ने संरक्षक, प्रतिष्ठान कास्की, गण्डकी, र केन्द्र समेतलाई आभार प्रकट गरेका थिए।
कलाकार भनेको राज्यको गहना भएकोले कलाकारहरु राजनीतिक रंगमा नखेल्न आह्रग गर्दै सकरात्मक सोच तिर उन्मुख भई आत्मियता अझ प्रगाढ बनोस्, उनले भने।
उक्त कार्यक्रममा अग्रज तथा गीत संगीतमा उत्कृष्ट त्याग गरेका कलाकारलाई सम्मान गरिएको थियो। इन्द्रेणीबाट कृष्ण कँडेलको टिमले कार्यक्रमको छायांकन गरेको थियो।
लोकदोहोरी प्रतिष्ठान कास्कीका सचिव माघव चापागाइले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।