७ फाल्गुन
नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियूले पृथ्वीनारायण क्याम्पस, पोखरामा रक्तदान कार्यक्रम गरेको छ।
अनेरास्ववियु कास्की जिल्ला कमिटिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार गरेको खुल्ला रक्तदान कार्यक्रममा १ सय ३३ युनिट रगत संकलन भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद राजीव पहारीले कार्यक्रममा बोल्दै अनेरास्ववियू गतिशिल एवम् क्रियशिल भएर अगाडि बढ्ने संगठन भएको हुँदा पार्टीले हेर्ने दृष्टीकोण पनि फरक भएको बताए। स्ववियूले गरेको खुल्ला रक्तदान कार्यक्रमबाट पोखरामा भइरहेको रगतको चरम अभावलाई केही मात्रामा भए पनि सहयोग गर्ने कार्यक्रममा बताएका थिए।
“मांसाहारी आन्दोलन गरेर पाप हैन रक्तदान गरौं, पुन्य कमाऔं, अनेरास्ववियूले देश ब्यापी रुपमा यहि फागुन ७ गते पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा आयोजना गरेको रक्तदानमा सहभागी बनौं” भन्ने मूल नारा लिएर पोखरामा रगतको चरम अभाव भइरहेको अवस्थामा विहान ७ बजे क्याम्पस प्राङगणमा रक्तदान कार्यक्रम गरेको अयोजक कमिटिले जानकारी गराएको छ।
कार्यक्रमको सञ्चालन विजय पौडेलले गरेका थिए भने महानगर कमिटि संयोजक विनोद भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कास्की जिल्ला संयोजक विवेक देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।