नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियूले पृथ्वीनारायण क्याम्पस, पोखरामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ।
अनेरास्ववियु कास्की जिल्ला कमिटिको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको हो।
“मांसाहारी आन्दोलन गरेर पाप हैन रक्तदान गरौं, पुन्य कमाऔं, अनेरास्ववियूले देश ब्यापी रुपमा यहि फागुन ७ गते पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा आयोजना गर्न लागेको रक्तदानमा सहभागी बनौं” भन्ने मूल नारा लिएर पोखरामा रगतको चरम अभाव भइरहेको अवस्थामा शुक्रबार विहान ७ बजे क्याम्पस प्राङगणमा रक्तदान कार्यक्रम गर्न लागेको अयोजक कमिटिले जानकारी गराएको छ।