स्याङ्जा ः स्याङ्जामा जबर जस्ती गरेको अभियोगमा शनिबार १ जना पुरुष पक्राउ परेका छन्।
चापाकोट नगरपालिका–२, माइलीथोक, स्याङ्जा घर भएका वर्ष ५२ का नामदेउ कुमालले बाख्रा हेर्न गएकी ६ वर्षकी वालिकालाई जवरजस्ती करणी गरेको जाहेरीको आधारमा कुमाललाई प्रहरीले पक्राउ गरेको थियो।
कुमाललाई जबरजस्ती करणी” मुद्धा दर्ता गरी स्याङजा जिल्ला अदालत स्याङजाबाट दिन ७ को म्याद थपी अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ।