भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आयोजित १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते शनिवार हुने कार्यक्रमको तयारी पूरा भएको विहीबार पत्रकार सम्मेलन गर्दै मञ्चले जानकारी गराएको छ ।
म्याराथनमा यस बर्ष १ सय ५७ जना धावकहरु सहभागि हुने भएका छन् भने महिला तर्फको हाप म्याराथनमा विहिबार सम्म २१ जना धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
यस बर्ष भने कोरोनाको कारणले गर्दा विदेशबाट धावकहरु उक्त प्रतियोगितामा सहभागिता जनाउने सम्भावना नभएको मञ्चले जनाएको छ । कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रर्वद्धन गर्न र सफल पोखरा म्याराथनलाई निरन्तरता दिन पनि यस बर्ष उक्त प्रतियोगितामा सके सम्मको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने भएको अध्यक्ष गुरुङले बताए ।
पोखरा म्यारथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपाङ्गहरुको हिवल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र र छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हाँसिल गर्ने धावकले क्रमश नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले बताए
दौड प्रतियोगिता शनिबार विहान ७ः०० बजे पोखरा रंगशालाबाट सुरु भई छोरेपाटन, लेकसाइड, भिमकालिपाटन, इन्जिनीयरिङ कलेज मध्यमपथ हुदै बगर, नारायणथान पुल हुदै सितलादेवि, मियापाटन, चाउथे, भोटेचौचारा मझेरीपाटन रामबजार हुदै रंगशालासम्मको रुट तय गरिएको छ ।
महिला धावकहरुलाई समेत प्रोत्साहन हुने गरी यस बर्ष देखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा विहिबारसम्म १९ जना प्रतियोगिहरुले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ ।
उक्त प्रतियोगितामा धावकले पोखरा रंगशालाबाट दौड सुरु गरी पृथ्बीचोक, छोरेपाटन, पार्दी, लेकसाइड, न्यूरोड, गैरापाटन, पालिखेचोक, नारायणथान मन्दिरचोक, नेपाल टेलिकम हुदै गिता मन्दिर स्पिटलचोक, बुद्धचोक रंगशालासम्मको यात्रा पुरा गर्नुपर्ने हुन्छ ।

त्यस्तै ह्विल चियर महिला र पुरुष तथा दृष्टिविहिन महिला र पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमश नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन भने १० किलोमिटर महिला र पुरुष तर्फ विजेत खेलाडीले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्ररछात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र–छात्रा दौड प्रतियोगिता र रन फन फन समेत हुने भएको मञ्चका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाटले बताए ।
पोखरा म्याराथनको मुख्य प्रायोजन सफल दुधले गरिरहेको छ भने अन्तर्राष्ट्रिय पार्टनरका रुपमा पोखरेली मञ्च युके र प्रर्वद्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ ।
सवै पोखरेलीहरुलाई आफ्नो परम्परागत भेष भुषा तथा बाजा गाजा सहित खेलाडीलाई घर आँगन र चोकहरुमा उभिएर स्वागत गर्न मञ्चले आग्रह गरेको छ।