गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा विहिबार एक कार्यक्रम गरी पोखरा देखि सिमराको लागि यति एयरलाइन्सको जहाजले उडान भर्ने निर्णय गरेको छ।
पोखरा-सिमरा-पोखराको उडानको लागि चैत्र १५ गते फागुनपूर्णिमा को दिनबाट सुरु गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिव परियारले जानकारी गराए।

उक्त कार्यक्रम मुख्य मन्त्रीको नेतृत्वमा उद्घाटन गर्ने समेत विज्ञप्तीमा जनाइएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरा लाई सात ओटै प्रदेश सँग सिधा हवाई सम्पर्क सँग जोड्ने उद्देश्य अनुरुप यहिँ चैत्र १५ गते फागुपूर्णीमाका दिन पोखरा देखि जितपुर सिमरा सिधा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । १५ गते पहिलो उडान सँगै अब पोखरा बाट सिमरा हप्ताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रबार नियमित उडान हुनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल तथा नागरिक उड्ड्यन कार्यालय पोखराका प्रमुख, एयरलाइन्सका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायी समेतको सहभागितामा मन्त्रालयले ६ बुँदे निर्णय गरेको छ।


विज्ञप्ती मार्फत यस प्रकारका निर्णयहरु गरेको छ।
१. गण्डकी प्रदेशको राजधानी पोखराबाट जीतपुरसिमरा उपमहानगरपालिकाबीच प्रत्येक हप्ताको आइतबार, बुधबार र शुक्रबार नियमित सीधा हवाई उडान गर्ने ।
२. पोखरा–सिमरा–पोखराको उद्घाटन उडान मिति २०७७।१२।१५ फागुपूर्णिमाको दिनबाट सुरुवात गर्ने ।
३. उद्‍घाटन उडान यति एयरलाइन्स कम्पनीको समन्वयमा गर्ने ।
४. माननीय मुख्यमन्त्रीज्यूको नेत्तृत्वमा उद्‍घाटन उडान गर्ने र सोको समन्वय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले गर्ने ।
५. पोखरा–सिमरा–पोखराको उडानको प्रचार प्रसार तथा आगन्तुकहरुको स्वागत एवम् व्यवस्थापनका लागि पोखरा तर्फ पोखरा महानगरपालिकाका नगर प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, नाटा का अध्यक्ष र पोखरा पर्यटन परिषद्का अध्यक्षले गर्ने तथा सिमरातर्फ जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख, वीरगञ्ज महानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु, बारा होटल संघका अध्यक्ष तथा पर्यटन व्यवसायीले गर्ने ।
६. वीरगन्जस्थित नेपाल(भारत बोर्डर खुल्ला गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।