जनता समाजवादी पार्टी नेपालले पृथ्वीचोकमा निकालेको राके जुलुश सहितको आन्दोलनको क्रममा महिला मजदुर विभाग गण्डकी प्रदेशकी अध्यक्ष शर्मिला मगराती घाइते भएकी छिन्।
समाजवादी पार्टीले बुधबार साँझ ६ः३० को समयमा पृथ्वीचोकमा राके जुलुश सहित आन्दोलन गरेको बेला प्रहरीले आगोको राको खोस्ने क्रममा मगराती घाइते भएकी हुन्।
उनको खुट्टामा चोट लागेको छ। नजिकैको मेडिकलमा सामान्य उपचार पश्चात मगराती घर फर्केकी छन्।
प्रतिनिधि सभा विघटनको विरुद्धमा पृथ्वीचोकको लखन थापाको शालिकमा गोलबद्ध गरी समाजवादीका कार्यकर्ताले राके जुलुश गरेका थिए। समाजवादीले आन्दोलन गर्ने क्रमममा केपी ओली र अहिलेको सरकारको विरुद्धमा चर्को नाराबाजी गरेका थिए।