विष्णु प्रसाद सुबेदी (पर्वत)
पर्वत ग्रिनपिस इङ्गलीस बोर्डिङ स्कुलको नतिजा प्रकाशन एवम् पुरस्कार वितरण तथा अभिभावक भेला कार्यक्रम मंगलबार स्कुल प्राङ्गणमा सम्पन्न भएको छ।
फलेवास नगरपालिका २ थापाठानामा रहेको स्कुलले दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षा, अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा अभिभावक भेला गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर भण्डारी, विशिष्ट अतिथि फलेबास नगर प्याव्सनका फोकल पर्सन श्याम बहादुर खत्री, संस्थापक आकाश क्षेत्रीले कार्यक्रममा मन्तव्य थिए राखेका थिए। उनिहरुले विद्यालयले गरेका क्रियाकलाप र गतिविधिको बारेमा जानकारी गराएका थिए।


विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद सुबेदीले शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनुका साथै अभिभावहरुलाई विद्यालयका गतिविधिमा चासो राख्नुपर्ने तथा विद्यार्थीहरुलाई घरमा समय दिई आचरण सिकाउन आग्रह गरेका थिए।
उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलाप, बार्षिक परिक्षा २०७६ र दोस्रो त्रैमासिक परिक्षा २०७७ मा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री तथा मेडल प्रदान गरिएको थियो ।्


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुनिल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक गोविन्द खनाल र शिक्षिका रिता विश्वकर्मा द्वयले कार्यक्रमको संचालन गरेकी थिइन्।