जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले माघ २२ गते सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई पोखराको अमर सिंह चोकबाट पक्राउ परेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे स्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्रा.लि.का सञ्चालक खगेन्द्र प्रसाद काफ्ले रहेका छन् ।
पक्राउ परेका उनले ‘मेरो यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ, ट्रायल तथा टेष्टमा फेल भएमा समेत सजिलै लाइसेन्स निकालिदिन्छु’ भनी विभिन्न व्यक्तिहरूबाट ८९ हजार ६ सय २० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका काफ्लेको साथबाट विभिन्न कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमूना प्रश्नपत्र लगायतका सामाग्री समेत प्रहरीले बरामद गेको छ । उनलाई ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।








