पोखरा २१। पोखरा महानगरपालिका वडा नंं. ९ नयाँबजारमा रहेको एक वर्कसपमा आज आगालागी भएको छ। आगोलागीमा परी २ जना घाइते भएका छन्।

जाल्पादेवी अटो वर्कसपमा भएको आगालागीमा परि घाइते हुनेमा सन्दिप खड्की र सुरज खडकी रहेका छन्। गम्भीर घाइते सन्दीप खड्कीलाई उपचारको लागि हस्पिटल लगिएको छ। उनका दुवै खुट्टामा र शरिरको केहीभागमा आगोले पोलेको छ। अर्का घाइते सुरजको हातमा आगोले पोलेको छ। उनको अवस्था सामान्य रहेको छ।
वर्कसपमा भएको आगालागीमा दुईवटा मोटरसाइकल र एउटा मोटरसाइकलको इन्जिन, ग्यारेजमा राखिएका मोटरसाइकल पाटर््स, मोविल लगायतका मोटरसाइकल बनाउनदा प्रयोग हुने सामाग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन्।
घटानाबाट क्षतिको विवरण पूरा नआएपनि करिब १५–२० लाखको क्षति भएको सञ्चालक विनोद भण्डारीले बाघपाइलालाई जानकारी गराए।
उनले “मोटरसाइकल बनाउने क्रममा मोटरसाइकलको वायरिङ सर्ट भई मिस फायरिङ (प्लक सर्ट) हुँदा आगालागी भएको हो।।”
आगालागी उद्वारको लागि रेन्जर गण–एयरपोर्ट, प्रहरी, एम्वुलेन्स र स्थानीयको सहयोगमा अगालागीलाई नियन्त्रणमा लिइएको थियो।