काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बोर्ड बैठकको निर्णयपछि आज सार्वजनिक गरिएको छ ।
प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए।
वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो। कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।
अब विद्यार्थीलाई बोर्डले नै ग्रेडसिट लगायतको प्रमाणपत्र दिनेछ। कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन्।
२०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ।
यसरी हेर्नुहोस् नतिजा
नतिजा हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ । नेपाल टेलिकमको १६०० मा एसेमेस गरेर पनि नजित हेर्न सकिन्छ । त्यसको लागि NEB एक स्पेस आफ्नो सिम्बल नम्बर टाइप गरी १६०० मा एसेमेस पठाउनु पर्ने छ ।
SMS मार्फत (NEB <Space> Symbol No. लेखी 1600 मा पठाएर) र IVR मार्फत 1600 मा फोन गरेर पनि हेर्न सकिनेछ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेवसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।
रिजल्ट थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोला ।








