म्यान्मारको सेनाले आफ्नो देशलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
म्यानमारकी नेतृ आङ साङ सुची सेनाद्वारा गिरफ्तार भएकी छन्।
नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टा वित्न नपाउँदै सेनाले उक्त जानकारी दिएको हो।
नोभेम्बर महिनामा भएको चुनामा धाधली भएको आरोप सेनाले लगाउँदै आएको थियो।
नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ।
सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।
शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङ यसअघि सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका थिए।
सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो।
गत नोभेम्बर महिनामा भएको चुनावमा सूचीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो।








