पोखरामा पानी पँधेरोको शाखा आइतबार पत्रकार सम्मलेन गरी पानी पँधेरो ट्रेड प्रालिले नागढुङ्गामा नयाँ शाखा विस्तार गरिएको जानकारी गराएको छ । उक्त शाखालाई माघ २२ गते कलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरधुर्मुस सुन्तलीले उद्घाटन गर्नेछन् ।
२०७६ सालमा स्थापना गरिएको पानी पँधेरोले यो सँगै ६ वटा शाखाविस्तार गरिसकेको छ । दुई वर्षमै पोखराको नागढुङगा, हरिचोक, बिरौटा, बगर, काहुँखोला सहित तनहुँको भिमादमा शाखा विस्तार गर्न सफल भएको अध्यक्ष कुलदिप भट्टराईले जानकारी गराए । उनका अनुसार पानी पँधेरोले खाद्यन्न, कस्मेटिक, फेन्सी सामान, भाँडाकँुडा, गिफ्ट, स्टेशनरी, बच्चाका सामाग्री, फ्रोजोन सामाग्री, बेकरी आइटम, पियपदार्थ, घडी, चस्मा, होटलका आइटम सहितथोक तथाखुद्रा सामानहरुको विक्रिवितरण गर्दै आएको छ ।
ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण दैनिक उपभोग्य सामाग्री सर्वसुलभ दरले पानीपँधेरोले उपलब्ध गराउँदै आएको उनले बताए ।
त्यस्तै ग्राहकको सुविधाका लागि १०१ दिने उपाहार योजनाको १ थान स्कूटर,१ थान माउन्टेन बाइक,१ थानवासिन मेसिन,१ थानओभन र १८जनालाई सान्तोना पुरस्कार स्वारुप २२ गते नै वितरण गरिने कार्यक्रम संयोजक सुर्य श्रेष्ठले जानकारी गराए ।
आफु सँगै १८ जनाको समुहले करिब १० करोडको लगानीमा पानीपँधेरो संचालनमा ल्याएको प्रालिका उपाध्यक्ष किशोर सुवेदीले जानकारी गराए । उनका अनुसार लगानी गर्नेहरुमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु र स्थानीयतहमा व्यवसाय संचालन गरेका सफल व्यवसायीहरु रहेका छन् ।

गण्डकी प्रदेशका अन्यजिल्लामा समेत पानीपँधेरोको शाखा विस्तार गर्ने लक्ष्य आफुहरुको रहेको उनले बताए । उनले भने, “यसै आर्थिक वर्षमा प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने योजनामा छौं ।”
पानीपँधेरोका सबै शाखाहरुमा करिब १ सयजना कर्मचारी आबद्ध भएको म्यानेजर दिबिन भट्टराईले जानकारी गराए । उनले आफुहरुले विक्रि वितरण गर्ने सामानहरु कम्पनीबाटै सिधै ल्याउने भएकाले ग्राहकलाई सस्तो पर्ने बताए । विचौलियाका माध्यम सामान खरिद गर्दा महङ्गो पर्न जाने अनुभवकाआधारमा उनी बताउँछन् । शुलभमुल्यमा सजिलै सामान खरिदको वातावरण पानीपँधेरोमा मात्र भएको उनले दाबी गरेका छन् ।