आहा रारा गोल्ड कपको १९ औं संस्करण यस पटक चैत्र १७ देखि २९ गतेसम्म गरिने शनिबार साहारा क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय एवम् अन्तराष्ट्रिय फुटवल प्रतियोगिता सञ्चालन गर्न समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए। “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ आयोजना हुने उक्त प्रतियोगितामा विदेशी, स्वदेशी एवम् आयोजक सहारा क्लब पोखरा सहित १२ टिम सहभागी हुने तयारीमा जुटेको अध्यक्ष थापाले जानकारी गराए।
पोखरा रंगशाला १६ हजार दर्शक क्षमता भएपनि कोभिड–१९ को जोखिम न्यून नभएको कारण एक सिट खाली गरी आधा दर्शकहरुलाई राखेर आहा गोल्डकप आयोजना गर्ने तयारी गरिएको छ। क्षमता भन्दा आधा दर्शक राखेर प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट पत्र प्राप्त भएको पत्रकार सम्मेलनमा सहाराका अध्यक्ष केशवबहादुर थापाले बताए।
प्रतियोगितालाई प्रथम संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको क्लवले जनाएको छ।. प्रतियोगिताबाट झन्डै १ करोड ३० रुपैयाँ आम्दानी र झन्डै ३० लाख रुपैयाँ बचत हुने सहाराको अनुमान छ । प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा खर्च हुदै आएको छ ।
गतवर्ष विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ–मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो । सहाराले एकेडेमी संचालनार्थ हरेक वर्ष आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।