पोखरा–१०, बुद्धचोकमा कार्यालय रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्था लि. को सामाजिक उत्तरदायित्व स्वरुप खुल्ला रक्तदान कार्यक्रमको आयोजनाबाट ६३ यूनिट रगत संकलन भएको छ । माघ १४ गते सहकारीले आफ्नै कार्यालय परिसरमा खुल्ला रक्तदान आयोजना गरेको थियो ।
खुल्ला रक्तदान कार्यक्रमका प्रमुख अतिथि तथा महानगर सहकारी विभाग संयोजक तेजनारायण अधिकारीले पहिलो रक्तदातालाई क्लब व्याग हस्तान्तरण गर्दै कार्यक्रमको आयोजना गरिएको थियो । खुल्ला रक्तदान कार्यक्रमका संयोजक तथा सहकारीका कोषाध्यक्ष रुद्र बहादुर कार्कीले कोभिडको वेलामा रक्त अभाव हुन नदिन रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
सहकारीका अध्यष कमल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शान्तादेवी थापा भण्डारीले गरेकि थिइन् ।