पर्वत जिल्लाको महाशिला गाउँपालिकाका दलित परिवारका विपन्न वर्ग एवम् ज्येष्ट नागरिकलाई आइतबार न्यानो कपडा वितरण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश, सूर्य नेपाल प्रा.लि., सेराटार, तनहूद्वारा आयोजित कार्यक्रममा महाशिला गाउपालिका व्यवस्थापक र उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयको समन्वयमा महाशिला गाउपालिका वडा नं. ६ खानीगाउँमा कार्यक्रम गरिएको थियो।
उद्योग, पर्यटन तथा बन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक तथा विपन्न वर्गहरुलाई करिब २ सय परिवारको लागि जाकेट, सुईटर, व्ल्यांकेटलगाएतका न्यानो कपडा वितरण कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्दै उनले विपन्न परिवारको आर्थीक स्तर उकास्न लागि सधै अग्रसर रहेको बताए।

जनप्रतिनिधिहरु जनताको हरेक दुःख सुखमा साथ रहने बताउँदै आर्थिक अवस्था सुदृढ गर्न उत्पादनमा बृद्धि गरि गरिवि निवारणका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए।
फलाम खानी खनिज पदार्थले भरिएको क्षेत्र रहेको र यसको लागि सरकारले उत्खनन गर्नको लागि सरकारले अध्ययन गरिराखेको हुँदा भोलिका दिनमा फलाम खानीका जनताको जीवन उकास्न महत्वपूर्ण भूमिका खेल्ने जनाए।
महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले न्यानो कपडा वितरणबाट चिसोबाट बच्न केहीमात्रामा भएपनि सहज गराउने र सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए। अतिविपन्न परिवारको दैनिक स्तरलाई सहज बनाउन तथा आर्थीक स्तरलाई मजबुत बनाउन गाउँपालिकाले व्यवसायीक एव्म सिपमुलक तालिम प्रदान गर्दै आएको जानकारी गराएका थिए। उनले कृषि उत्पादकत्व वृद्धि गर्दै जिवन यापनको लागि सहज बनाउन कृषकहरुलाई गाउँपालिकाले आर्थीक सहयोग गरेको बतए।
उद्योग, वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोईरालाले जेष्ठ नागरिक तथा विपन्न परिवारलाई चिसो बाट जोगिन न्यानो कपडाले थोरै भएतापनि मलमको काम गर्ने बताए। उनले आर्थिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक दृष्टिकोणले निकै पछाडि परेका समुदायका नागरिकलाई आफुहरुले आर्थीक तथा भौतिक सहयोग गर्दै आएको बताएका थिए। उनले फलमखानीवासीले उत्पादन गरेको कृषि उपजको बिक्री वितरणको लागि पोखरामा निःशुल्क सटरको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उद्योग, वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोती प्रसाद पौडेल, सदस्य एव्म पर्यटन व्यवसायी सूर्य भुजेल, हरि शर्मा गैह्रे लगाएतले बोलेका थिए।
महाशिला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामबहादुर सुनारको स्वागत मन्तव्यमा सञ्चालन भएको कार्यक्रम उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाको सभापत्विमा सम्पन्न भएको थियो।







