नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम भेला तथा अधिवेशन बोल्दै प्रमुख अतिथि एवम् उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले फर्निचर तथा फर्निसिङका समस्याहरु आफू समक्ष आएको र त्यसलाई कार्यन्यवयन गर्नको लागि बन ऐन ड्राफ्ट गरिसकेको बताए। हिउदे अधिवेशनमा छलफलमा जाने र प्रदेश सांसदलाई लविङ गर्नको लागि व्यवसायीलाई आग्रह गरेका थिए।
आफूहरुले बनको मापदण्डमा जिरो बनाइ ईमान्दारिता पूर्वक काम गर्ने फर्निचर व्यवसायीलाई प्रोत्साहनका योजना ल्याएको जनाए। जीवन रक्षाकोष वापत ५० लाख भन्दा कम लगानी गरेका, कोभिड १९ को प्रभावबाट व्यवसायमा प्रत्यक्ष प्रभाव परेकालाई ५० हजार देखि १५ लाख सम्म लगानी गरेको र ५० लाख भन्दा बढीको लगानीमा मौद्धिक नीति ल्याएर राष्ट्र बैंकले सहयोग गरेको बताए।
उनि भन्छन् “गण्डकी प्रदेशले व्यवसाय चलाउनको लागि १ अर्व रकम ल्याएको छ। ३ वर्ष सम्मका लागि व्यवसायीले विना ब्याज ऋण पाउछन्। सरकारले व्याज तिरिदिन्छ, यो योजनाले ठूलो अवसर दिनेछ, ऋण तपाईहरु लिनुहोस् ब्याज हामी सरकारले तिरिदिन्छांै।”
गण्डकी प्रदेशमा १० अर्व १८ वटा वैंकबाट ल्याएर काम गर्न लागिएकोले पैसाको अभाव नहुने हुँदा ईमान्दारिता पूर्वक काम गर्छु भन्नेलाई सहयोगी बनी आर्थिक अवस्थालाई सुधार हुने अपेक्षा व्यक्त गरे।
गण्डकी प्रदेशमा २० वटा उद्योग ग्रामहरु खोलिएको, काष्ठ उद्योग खोल्नको लागि सम्पूर्ण व्यवस्था सरकारले गरेको बताए। “उद्योग व्यवसाय गर्दा हुने झण्झटलाई अब सरकारले लिन्छ तपाई मेशिन लिएर गई काम गर्नुस्।”

मन्त्री लम्सालले पार्टी भित्र घेराबन्दी गरी केपीओलीलाई चौतर्फी २ वर्षसम्म घेरेर काम गर्न नदिएको आरोप लगाए। आगामी वैशाखमा चुनाव हुनेमा ढुक्क भएको हुँदा शाकाहारी र मासांहारी भनेर उदण्ड देखाउने र कुनै व्यवसायी एवम् जनतालाइ दुःख दिएमा कडा कारवाही गर्ने जनाए।
उनले केपी ओलीको प्रतिस्पर्धा गर्ने कुनै नेता नभएको हुँदा ओलीका लागि नभई समृद्धिका लागि ओलीको आवश्यक भएको बताए। “यो चुनावमा आँधिवेरी सिर्जना ल्याउछौं यी झारपात सबै एउटा कुनामा गएर लुक्छन्। कांग्रेस बुढो बाघ हो, केपी ओली भनेको तन्नेरी बाघ हो।”
व्यवसायीको पक्षमा सरकार भएको पारदर्शीता हिसावले काम गर्न र भोलिका दिनमा उद्योगमैत्री बनाइ गण्डकी प्रदेशलाई अगाडि लैजाने समेत जानकारी गराए।

नेपाल फर्निचर तथा फर्निसिंङ व्यवसायी महासंघ गण्डकीमा युवराज पौडेल

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा युवराज पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ। उनि कास्की जिल्लाका प्रतिनिधि रहेका थिए।
उपाध्यक्षमा भरत पाण्डे (नवलपुर), कोषाध्यक्षमा दिपक कुमार श्रेष्ठ (स्याङ्जा), सदस्य युवराज बस्नेत (कास्की), लोकनाथ रेग्मी (स्याङ्जा), अमर बहादुर भण्डारी (तनहू), प्रभुराम प्रधान (लमजुङ), ऋषिराम गौतम (बागलुङ) र लक्ष्मी प्रसाद भण्डारी (नवलपुर) सर्वसम्मतरुपमा निर्वाचित भएका थिए।
प्रदेशको प्रथम भेला तथा अधिवेशन शुक्रबार होटल पोखरा भिलेज रिसोर्टमा भएको थियो।
संघका संस्थापक अध्यक्ष विष्णु भण्डारीले कानुनी अड्चनले फर्निचर तथा फर्निसिङ व्यवसायमा अप्ठ्यारो बनाइएको हुँदा त्यसलाई सुधारी अगाडि लैजान आग्रह गरेका थिए। व्यवसायीहरुले पनि आफ्ना सानातिना गल्ती, कमजोरीहरुलाई आँकलन गरी समाधान गरेमा व्यवसाय गर्न सहज पर्ने जानकारी गराए।
नेपाल फर्निचर तथा फर्निसिंङ व्यवसायी महासंघ कास्की जिल्लाका अध्यक्ष युवराज पौडेलले व्यक्तिगत रुपमा उत्पादन गरेका रुखहरुलाई विक्री वितरण गर्न पाउनुपर्ने बताए।

प्रदेशको प्रथम भेला तथा अधिवेशन शुक्रबार पोखरामा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् मन्त्री विकास लम्सालले दियो बाली कार्यक्रमको उद्घाटन गरेका थिए।

१७ जनाको कार्यसमिति रहेको भएपनि सचिव तथा अन्य बाँकी सदस्य कार्यसमितिको निर्णय बमोजिम मनोनयन गर्ने बताइएको छ।
युवराज पौडेलले सञ्चाल गरेको कार्यक्रममा लोकनाथ रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। भने ज्ञान बहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।