पोखरा हार्डवयर एशोसिएशन कास्कीले विहिबार नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. १३ का विपन्न समुदायलाई न्यानो कपडा वितरण गरेको छ।
जिल्ला प्रशासन कार्यलय नवलपुरका प्रशासकीय अधिकृत आनन्द प्रसाद भुषालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नदि आश्रीत सिमान्तकृत अति विपन्न मुसहर एवम् अन्य समुदायलाई चिसोको कारणले मृत्युबरण गर्न नपरोस् भनी कपडा वितरण गरेको एशोसिएसनका अध्यक्ष शेषकान्त ढकालले बताए।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कृष्ण प्रसाद तिवारीले गरेका थिए भने कार्यक्रम संयोजक एबम् एशोसिएसनका उपाध्यक्ष अर्जुन बहादुर थापाले कार्यक्रमको बारेमा जानकारी गराए। त्यसैगरी वरिष्ठ सल्लाहकार रामचन्द्र थापाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका सम्पूर्ण कार्यसमिति सदस्य, वरिष्ठ सल्लाहकार वडा नम्बर १३ का अध्यक्ष बिनोद राना मगर लगायतको उपस्थिति रहेको थियो।
महासचिव कृष्ण प्रसाद कोइरालाले सञ्चालन गरेको कार्यक्रम शेषकान्त ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।







