कोरोना भाइरस–कोभिड–१९ को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।
पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकारको हो या होइन भन्ने खुलेको थिएन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको पछि त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।
२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।
तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।
उनले नेपालमा कोभिड–१९ भ्याक्सीन उपलब्ध नभएसम्म सुरक्षितसँग बस्नको लागि अनुरोध गरेका छन्।
कोभिड–१९ अर्थात् कोरोना भाइरसको नयाँ रुप बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर (मंसीर) महिनामा देखिएको यो भाइरस कोभिड–१९ भन्दा ५० गुणा बढी संक्रमित हुने देखिएको छ। चाडो फैलिने भएकोले धेरै मानिसमा यसले असर पार्ने विशेषज्ञहरुले चेतानी दिएका छन्।
सामान्य कोरोनाको जस्तै देखिएकोले यसबार थप अन्ययनमा रहेको हुँदा अहिले कुनै निष्कर्षमा पुग्नु हताार हुने जानकारहरले बताएका छन्।








