सहीद हरिदत्त स्मृति प्रतिष्ठानको १८ औं स्मृति दिवस बिहिबार एक कार्यक्रमका विच पर्वत जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरीमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्यानर पढी कार्यक्रमको उद्घाटन गरेका थिए। भने सहीदहरुप्रति माल्यारोपण गरेका थिए।
कार्यक्रममा बोल्दै सभापति देउवाले सहीद हरिदत्त तिवारीले प्रजातन्त्र र लोकतन्त्रको जीवन त्याग गरि बलिदान दिएको र परिवारले गरेको योगदान खेर नजाने व्यक्त गरेका थिए। नेपालको राजनैतिक अवस्थामा कृष्णप्रसाद भट्टराईले पार्टी छोडेझै गरी अब कसैलाई पनि पार्टी छोड्ने अवस्था नल्याई, पार्टीलाई एकता बनाई ऐतिहासिक पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। कार्यकर्ताहरुले पार्टी गुटउपगुटमा गाँजिएकोमा असन्तुष्टि जनाईरहेको बेला देउवाले पार्टीलाई एकढिक्का बनाउन आफुले जुनसुकै त्याग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। मध्यावधि चुनाव संविधान विपरित भएको भएता पनि अदालतको विवेक प्रयोग गर्ने भएको हुँदा विचाराधिन मुद्धामा कांग्रेसले कुनै हस्तक्षेप नगर्ने भएको र स्वतन्त्र न्यायपालिकालाई मान्ने हुँदा लोकतान्त्रिक, प्रजातान्त्रिक, व्यवस्थापिका प्रति उत्तरायित्व रहेको बताए। संसद विघटन गर्ने सरकारको निर्णय अदालतले उल्टाउनेमा विश्वास रहेको जनाए।
“जनता देशको मालिक हो, हिजो हामीलाई जनताले सजाय दिइसकेको हुँदा जनताको पिर मर्कालाई बुझी हरेक जनताको घरघरमा गई उनिहरुको समस्या, दुःख बुझ्नु कांग्रेसको आवश्यकता भएकोले सम्पूर्ण कार्यकर्ताले घरदैलो गर्न, कार्यक्रममा भन्दा जनताको भावना बुझि अगाडि बढ्न सुझाव दिएका थिए।
पार्टी सभापति देउवाले जनताको करबाट पुलिस, कर्मचारीले तलब खाएको हुँदा जनताको सेवाको लागि काम गर्नुपर्ने हुँदा कुनै पार्टीको काम गर्न उनिहरुलाई अधिकार नभएको बताएका थिए। “हामी हिसाव किताव लिन्छौं कसले के गरेका छन् त्यो नजिकबाट नियालिरहेका छौ।”

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व उपसभापती एवं संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले नेकपाले गरेको भष्ट्रचार जनतालाई प्रष्ट भईसकेको जनाए। भष्ट्रचार पनि गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न, भष्ट्रचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्रीले भष्टचारीलाई अंकमाल गरेर प्रोत्साहित गरी आफै फसेको बताए। संसद विघटन गरि संविधान माथी निर्मम प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले असैवाधिक संसद विघटन गरेको आरोप लगाए। “संसद पुनस्थापनामा अदालतको निर्णय सियोधार्य गर्ने पार्टी रहेको हुँदा हामी मान्न तयार छौं। कांगे्रसका सम्पूर्ण कार्यकर्तालाई हातेमालो गरि संगठित हुन आग्रह गर्दछु।” बैशाखमा चुनाव हुने कुनै आधार नभएपनि कार्यकर्ताहरुलाई जनताको घरदैलोमा पुग्न र आगामी निर्वाचनमा विजय हुने हिसावले लाग्न निर्देशन दिएका थिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले झुटा घोषणाको आश्वासन दिएर बहुमत ल्याएको आरोप लगाए । “रेल ल्याउने, घरघरमा ग्यास ल्याउने, पानी जहाज ल्याउनेकुरा कहाँ हो कहाँहो हाम्रो ७० वर्ष पूरा भएको संविधानमा आज प्रहार भएको छ। विदेश जान पर्दैन, उपचार नपाएर मर्न नपर्ने भन्दै गर्दा कोरोना भाइरस नेपालमा आउँदा जनतालाई उपचार दिन नभई मास्क, पिपिई, थर्मलगनमा समेत नेकपा सरकारले थर्मलमा समेत घुस खान थाल्यो।”
सत्ता पक्ष निरंकुश भएको र जनताको अधिकार खोसिएको, राष्ट्रियता माथि बज्र प्रहार भएको हुँदा नेपालमा सवैभन्दा बढी प्रतिपक्ष अहिले खोजिएको बताए। जनतालाई घाटीमा थिचेर सास फेर्न नदिने, सभापतिले भनेको रुन न नपाइने, हास्न नपाइने भन्ने कुरा आज सावित भएको बताए। सिंहदरवारको अधिकार गाउँगाउँमा ल्याउदा कांग्रेस हारेपनि नेपाली जनाले जितेकोहुँदा कांग्रेस पार्टीको लागि नभई जनताको लागि काम गरेको जनाए।
काग्रेसले आफ्नो गल्तीलाई सुधारेर गाउँगाउँमा जनतासँग कान समाएर माफ माग्नुपर्ने बताएका थिए।
जोसीले आफूले अबको चुनावमा टिकट पाउने चाहना नभएको र कांगे्रसको शीर ठाडो भएको हेर्ने इच्छा भएको र जनताको अनुहारमा सुखी ल्याउनको लागि सबैलाई समेटेर जानको लागि कांग्रेस सभापतिलाई आग्रह गरेका थिए। कसैलाई पक्षपात नगरि पार्टी जुन ठाउँमा राखेपनि खुसी भई पार्टीलाई बलियो बनाउन लागि पर्ने बताए।

प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङले विषय परिस्थितिमा वैशाखको निर्वाचन हुने लक्षण नभएको, आशय पनि नभएको हुँदा केपी ओलीको असैवधानिक कदम चालेर एउटा सदनमा मात्रै भंग नगरी जनताको मनलाई नै टुटाएको हुँदा नेपाली कांग्रेसले संसद पुनस्थापना गर्न एकठिक्का भएर अगाडि बढ्नुपर्ने बताए।
गण्डकी प्रदेशकी साँसद ललितकला गुरुङले नेकपा सरकारले गरेको प्रतिनिधि सभा विघटन र असैवधानिक कदमको घोर भ्रत्सर्ना गर्दै नेपाली कांग्रेसले सही निर्णय लिई देशलाई बचाउने समय आएको बताइन्।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले प्रजातान्त्रिक एवम् लोकतन्त्रिक आन्दोलनमा योगदान दिएका सहीद हरिदत्तले राजनीतिमा लाग्नको लागि प्रेरणाको स्रोत भएको बताए। प्रजातान्त्रीक, राजनैतिक क्षेत्रमा जनताको गरेको योगदानको भूमिका दिवंगत हुँदा भौतिक शरिर नभएमा पनि काम गरेको कुरा मरेर जादैन, जीवित रहन्छ भनेका छन्। स्मृति सभामा बोल्दै शर्माले २ चोटी लगाएर बनाएको संविधान जीवित रहन्छ कि रहँदैन दुविधामा रहेको बताए। सर्वोच्च अदालत जाँच नभई विधि र पद्धतिबाट ब्याख्या गर्ने भएको हुँदा नेपाली जनताले बनाएको संविधानलाई जीवित राख्नको लागि आफू दृढ रहेको बताएका छन्।
नेपाली कांगे्रस महासमिति सदस्य एवम् पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीले नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढी नयाँ नेपालको विकासको लागि अगाडि बढ्ने बताए।
नेपाल तरुणदलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले वामपन्थी पार्टीले सत्ता रोज्ने र नेपाली कांग्रेस व्यवस्था रोज्ने गरेको बताए। नेपाली कांग्रेसका सहीद, नेताहरुको त्याग र बलिदानको कारण लोकतान्त्रिक व्यवस्था आएको बताए।
तत्कालिन नेकपा माओबादीले २०६० माघ १ गते आक्रमण गरेर हत्या गरेका शहिद हरिदत्त तिवारीको स्मृतिमा हरेक वर्ष स्मृति दिवश मनाउँदै आईएको छ । १८ औँ स्मृति दिवश आज शंकरपोखरीमा मनाईएको हो । उक्त समारोहमा शहिद स्मृति भवनको पनि सभापति देउवाले उद्घाटन गरे। कार्यक्रममा उपस्थित भएर शोक व्यक्त गर्ने वक्ताहरुले हरिदत्त तिवारीको राजनीति तथा सामाजिक जीवनको बारेमा चर्चा गरेका थिए।
शहिदपुत्र एवम् नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले आफु संधै वुवाको त्याग र प्रेरणाका कारण समाज सेवामा आफुलाई समर्पित गर्दै आएको बताए । तिवारीले शहिदको आशिर्बादले देशमा अहिले देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सचेतक मणिभद्र शर्मा कँडेल, नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकृष्ण, कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा ख उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाई अर्का सचिव अशोक उच्चै ठकुरी, नेपाल महिला संघकी केन्द्रिय सदस्य जोगमाया प्रसाई, फलेवास नगरपालिका–११ का वडा अध्यक्ष जितवहादुर सुनार शेरवहादुर, महाशिला गाउँपालिकाका प्रत्यसी उम्मेदवार उज्वल गुरुङ, विहादी गाउँपालिकाका प्रत्यसी उम्मेदवार प्राविण गुरुङ र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५ जना भन्दा बढि व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले माला लगाएर स्वागत गरेका थिए। शहिद हरिदत्त स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुनवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपमहासचिव बिष्णुप्रसाद शर्माले राखेका भने उक्त कार्यक्रमको संचालन शहिद हरिदत्त स्मृति प्रतिष्ठान नेपालका सचिव नरवहादुर थापाले गरेका थिए ।

०६० साल माघ १ गते शशस्त्र माओवादी समूहले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।