पोखरा । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको अध्यक्ष पदमा नारायण कोइराला विजयी भएका छन् । कोइरालाको प्रतिद्वन्द्वीमा स्वतन्त्रतर्फकी विन्दु कोइरालाको उम्मेदावरी रहेको थियो।

कोईराला प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । पराजित सुवेदी भने निवर्तमान उद्योग तर्फकी उपाध्यक्ष हुन् ।

कुल २ हजार ३ सय ६५ कुल मत खसेकोमा बिजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी गराएको छ।