आफ्नो वैवाहिक सम्बन्ध सफल बनाउन श्रीमान् र श्रीमती दुवैको धेरै नै भूमिका हुन्छ । श्रीमान् र श्रीमतीले एक अर्कामा विश्वास नगरेमा सम्बन्ध राम्रो बन्दैन । त्यसैले श्रीमान् र श्रीमतीले एक अर्काको कुरा बुझ्नु जरुरी हुन्छ ।यस्तै हामीले बास्तुशास्त्रमा पनि निकै विश्वास गर्ने गर्छौ ।

बास्तुशास्त्रमा श्रीमान् र श्रीमतीबिचको सम्बन्ध कसरी प्रेममय बनाउन सकिन्छ भन्ने बारे बताइएको छ ।

पुरुषका बारेमा महिलालाई प्रायः सबै कुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पुरुषको बारेमा थाहा नहुने त कुरै भएन। तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा ? जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् ।
रोमान्सः

केटाहरू रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ । तर पुरुषको तुलनामा महिला अझ धेरै रोमान्स मन पराउँछन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पुरुषले थाहा पाउँदैनन्।

पैसा बचाउँन

महिलाहरूले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ । तर पैसा बचाउन पुरुष भन्दा महिला निकै अगाडि हुन्छन् । महिलाहरू आफ्नो पैसा बचत गर्छन् र श्रीमान् वा केटा साथीको पैसामा सामान किन्छन् भन्ने चाहिँ कमैले थाहा पाउँछन् ।

राति घुम्न

पुरुषको तुलनामा महिला राति घुम्न धेरै नै मन पराउँछन् । तर यो कुरा उनीहरूले लुकाएर राखेका हुन्छन् र समय आएपछि राति घुमघाम गर्छन् ।

झगडा गर्नः

पुरुषहरू झगडा गर्न अगाडि हुन्छन् भन्ने बुझाई छ तर यसमा पनि महिला अगाडि हुन्छन् । झगडालु स्वभाव नदेखाए पनि महिलाहरू झगडा गर्ने समयमा कालीको रूप धारण गरी भयङ्कर रूपमा झगडा गर्न सक्छन्।

बिहे अगाडिको कुराः

महिलाले आफ्नो श्रीमानसँग बिहे अगाडिको कुरा कहिल्यै बताउँदैनन् । उनीहरूसँग बिहे अगाडिको केटा साथी र तिनीहरूसँगको सम्बन्धका बारेमा सोधियो भने कुनै कुरा बताउँदैनन् तर श्रीमानको बारेमा निकै खोजीनिधि गर्छन्। बिहे अगाडिको सम्बन्धका बारेमा श्रीमानले कुनै कुरा पनि थाहा पाउँदैनन्।

यदि श्रीमानले कुनै कुरा गरेर चित्त दुखाएको खण्डमा उनले आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नेछिन् । यो कुरा पनि श्रीमानसँग भन्दिनन् र पुरुषले कहिल्यै थाहा पाउँदैनन्। श्रीमतीले सधैँ आफ्नो श्रीमानको जज गरिरहेकी हुन्छिन् । आफ्नो श्रीमान् सबै कुरामा पर्फेक्ट भएको मन पराउँछिन्। श्रीमानमाथि हुनसक्ने शङ्कालाई निकै नै ध्यान दिने गर्दछन् । यो कुरामा श्रीमान् सधैँ अनभिज्ञ नै हुन्छन्।