असार १७, पोखरा ।
लायन्स क्लब आफ पोखरा माउण्टेनसिटीको वर्ष २०२५/०२६ को कार्यसमितिले पहिलो दिन आजबाट विविध सहयोगको कार्यक्रम गरी सुरुवात गरेको छ ।
पोखरा २९ मदरीकुना, लेखनाथमा रहेको नर्मदेश्वर मोक्ष सन्यास आश्रममा खाद्यान्न वितरण, वृक्षारोपण र विरुवा गोडमेल कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् डिष्ट्रिक चिफ लायन खेमराज बरालले १०८ ऋषिमानन्द गिरी खाद्यान्न दिएर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले माउण्टेनसिटीले अघिल्ला वर्षहरुमा गरेको कार्यक्रमहरु उत्कृष्ट रहेको र पुरस्कृत समेत भएको प्रशंसा व्यक्त गर्दै वर्ष ०२५/२६ को कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीका वर्ष २०२५/०२६ का अध्यक्ष लायन विष्णुप्रसाद अधिकारीले हरेक वर्षमा पोखरा माउण्टेनसिटी क्लबले उत्कृष्ट रुपमा सेवाको भावले काम गर्दै आएको र यो वर्षपनि डिष्ट्रिकमा पहिलो हुनेगरी काम गर्ने जानकारी गराएका थिए ।
अध्यक्ष अधिकारीले चामल, दाल, चिउरा, भुजा लगायतको खाद्यान्नको स्वयम व्यवस्थापन गरेका थिए । भने लायन प्रेमबहादुर थापाको संयोजकत्वमा भएको थियो ।
त्यसैगरी बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि, संस्थापक अध्यक्ष एवम् इन्टरनेशनल एड्भाइजर लायन पिएमजेएफ डोलराज पोखरेलले अघिल्ला वर्षहरुमा पनि फलफूलका विरुवाहरु निरन्तर रोपिएपनि संरक्षणको अभाव भएको बताएका थिए । “आवश्यक विरुवाहरु हामी उपलब्ध गराउछौं, संरक्षण स्थानीय र मन्दिर व्यवस्थापनले गर्नुपर्छ, अन्यथा रोप्दै जाने अर्को वर्ष आउदा विरुवा नदेखिनु दुःखको कुरा हो” उनले भने ।
बृक्षारोपण कार्यक्रम संयोजक फस्ट भिपी पदम श्रेष्ठबाट १४ वटा ड्रागन फ्रुटको विरुवा सहयोग गरी रोपिएको थियो । संयोजक श्रेष्ठलेले ९ महिनामा नै उत्पादन दिने उच्च नश्लका विरुवाहरु रोपिएको हुँदा उचित हेरचाह गर्न व्यवस्थापन समितिलाई सुझाव दिंदै आवश्यक परामर्श र संरक्षणको लागि क्लबले सहयोग गर्ने जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा अघिल्लो वर्षमा रोपिएका फलफूल तथा अन्य विरुवाहरुको गोडमेल समेत गरिएको थियो ।
नर्मदेश्वर मोक्ष सन्यास आश्रमका सचिव ई.माधव भण्डारी, १०८ ऋषिमानन्द गिरी, डा.स्वामी विश्वानन्दले धन्यवाद व्यक्त गरेका थिए भने पूर्व अध्यक्ष एवम् जोन चियरप्रर्सन नरेश सुवेदी, पूर्व अध्यक्ष मोहदत्त भुषाल, पूर्व अध्यक्ष शक्ति बराल, थर्ड. भिपी कल्याण तिमिल्सिना लगायतले आफ्नो धारणा राखेका थिए । क्लवका सचिव शिवप्रसाद रिमालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो भने सल्लाहकार प्रेमबहादुर थापाले स्वागत गरेका थिए ।