पोखरा उद्योग वाणिज्य संघको चुनावमा पोखरा–५, धारापानी मार्गका सोभित पौडेलले वाणिज्य तर्फ उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन्।
शनिबार उम्मेदवारी मनोनयन पछि उद्योगी व्यवसायीलाई चुनावले छोए लगतै उम्मेदवारहरु मतदातासंग भेटघाट तिव्र रहेको छ।
सामाजिक तथा व्यवसायी काममा दक्ष पौडेलले आफ्नो कार्यकुशल विभिन्न समयमा देखाइसकेका छन्। औद्योगिक ब्यापार मेलाको सांस्कृतिक संयोजक भएर काम गरेका पौडेल डाँफे होटल ट्रेनिङ एण्ड ल्याङ्वेज एकेडेमी, डाँफे होटल, विन्दवासिनी पार्टी प्यालेस, कान्तिपुर टुरिजम म्यानेजमेन्ट कलेज, ओम साखिनी सप्लायर्सका सञ्चालक पौडेलले आफ्नो व्यवसायीक प्रतिष्ठा उच्च बनाएका छन्। भने पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, लायन्स क्लब अफ पोखरा हेरिटेडमा संस्थापक अध्यक्ष एवम् पोखरा जेसीसमा रही सामाजिक कामहरु गरिरहेका व्यक्ति हुन् ।
पौडेल भन्छन् “अहिलेको कोभिड–१९ को विषम परिस्थितले सबैभन्दा बढी मार व्यवसायीहरुलाई परेको छ, घर भाडा, वैंकिङक व्याज, कामको अभाव र महङ्गीले असर पारेको छ। समाधानको लागि उद्योग वाणिज्य संघको अहम मुख्य भूमिका रहन्छ, यसको लागि उचित नेतृत्व आजको आश्यकता हो। अन्यथा व्यापार व्यवसायमा परेको असरले व्यवसायीहरु कति त पलायन भइसकेका छन् भने उज्यालो किरणको पर्खाइमा बसेकाहरु पनि चाडै नै पलायन हुने अवश्य छ। त्यसको लागि व्यापार व्यवसायमा नयाँ डिजाइन स्वरुप कार्यविधि तयार पारेर अगाडि बढ्नुपर्ने देखिएको छ।”
व्यवसायीहरुको हितका काम के कसरी गर्ने, कोभिड–१९ ले पारेको असरलाई कसरी सहज बनाउने विषयमा व्यवसायीहरुको समस्या देखिएको पौडेल बताउछन्।
उद्योग व्यवसायीहरुसँग नजिक रहेर काम गरेको हुँदा सम्पूर्ण व्यवसायीहरुले अमुल्य मतदात गरि जिताउनेमा विश्वस्त रहेको पौडेल बताउछन्।
व्यापार व्यवास धरासय बन्दै गएको अवस्थामा नयाँ भिजन सहित अगाडि बढ्नुपर्ने पोखरा न्यूरोडमा व्यवसाय चलाउँदै आएकी खुसी खड्का बताउछिन्। “व्यापार व्यवसायमा मन्दी छ, घरभाडा तिर्न सक्ने अवस्था छैन, ऋण बढ्दै गएको छ। आफ्नो जग्गा जमिन छैन, व्यवसाय देखाएर बैंकले लोन दिदैन। अहिले सम्म त जेनतेन गरियो अब नयाँ सोंचका साथ अगाडि बढिएन भने व्यवसायबाट पलायन हुने अवस्था आउन सक्छ। यसको लागि सोभित सर जस्ता नयाँ सोंच भएका व्यक्ति उद्योग वाणिज्य संघलाई आवश्यक छ।”
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका वर्तमान फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्य उम्मेदवार पौडेल एक जुझारु युवा लिडर भएको बताउँछन् । आचार्य भन्छन्, “उहाँ एक सफल र जुझारु युवा हो । उहाँ लायन्स क्लवको अध्यक्ष रहँदा निकै महत्वपूर्ण काम गर्नुभयो। साथै व्यवसायिक हिसावले पनि पौडेल सर सफल व्यक्तित्व हो ।” केही गरौं र केही गरिरहनुपर्छ भन्ने उत्सुक भावना पौडेलमा रहेको भन्दै आचार्यले यस्तो भावना जो कोहीमा हुन नसक्ने बताए ।
पौडेलले स्वतन्त्र प्यानलबाट वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनको प्यानलबाट अध्यक्षमा विन्दु कोइराला सुवेदीले उम्मेदवारी दिएकी छन् ।
यस्तै महासचिवमा धनीराम बराल, कोषाध्यमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज वर्तौला र सदस्यहरुमा पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्कीले उम्मेदवारी दिएका छन् ।