नेपालीको पहिचान बोकेको सस्तो र भरपर्दो जुत्ताको नामले पहिचान कमाएको जुत्ता हो “गोल्ड स्टार”।
विगत २ वर्षदेखि सिद्धार्थचोकमा गोल्डस्टारको शोरुम सञ्चालन गरेका राजन र स्वतिका केसीले अब पृथ्वीचोकबाट २६ गते औपचारीक शुभारम्भ गरि सेवा दिने भएका छन्।
उद्घाटन कार्यक्रममा नेपालकी चर्चित अभिनेत्री बर्षा राउत आउने भएकी छिन्। उद्घाटनको अवसरमा २६ गते देखि २८ गतेसम्म ३ दिन गोल्डस्टार सुजमा १५ प्रतिशत छुट गरिएको छ। त्यसपछि भने हरेक जुत्तामा १० प्रतिशत छुट हुने सञ्चालक राजन केसीले जानकारी गराए।
कार्यक्रममा बोल्दै केसीले सुपथ मुल्य र नयाँ डिजाइनका जुत्ताहरुले गोल्डस्टार प्रति आकर्षण गरेको बताए। “सिद्धार्थचोकबाट दैनिक ३५ देखि ४० जोर सम्म जुत्ता विक्री गरिएकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पृथ्वीचोकमा नयाँ थप सुविधा सहित जुत्ताको शोरुम खोलिएको हो।”


केसीले सम्पूर्ण प्रकारका गोल्डस्टार सुजहरु एकैछानामुनी पाइने, कम्पनीको रेट अनुसार फिक्स मूल्य हुने र ४५ दिनसम्ममा जुत्तामा कुनै समस्या आएमा एक्सचेन्ज गर्न पाइने हुँदा गोल्ड स्टार शोरुममा आइ जुत्ता खरिद गर्न अनुरोध गरेका थिए।
गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले गोल्डस्टारको स्थापना सन् १९७० मा भएको र गोल्डस्टारले ३ सय ५० भन्दा बढी प्रकारका जुत्ता उत्पादन गरेको जानकारी गराएका थिए। ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले बताए।