इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् ।

सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री ख़ानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए । आफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको उनको भनाइ थियो ।

अचानक अमेरिका र उसका सहयोगी अफगानिस्तानबाट फिर्ता हुनु र तालिवान सत्तामा आएपछि विश्वमा अफगानिस्तानले नयाँ परिस्थितिको सामना गरिरहेको खानले बताए ।

उनले सबै आफगानी नागरिकको अधिकारको रक्षा जरूरी रहेको र तालिवानले सबैलाई समेटेर जानुपर्ने बताए । आफगानिस्तानलाई पुनस् आतंकवादीको आश्रयस्थल बन्न नदिने सुनिश्चितता पनि गर्नुपर्ने खानको सुझाव थियो । एजेन्सी