संयुक्त राष्ट्रसङ्घ, ५ असोज  ः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएका छन्।
उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राखेका हुन्।
संयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा सम्वाददातासँगको कुराकानीका क्रममा उनले सो जानकारी गराएका थिए।
त्यस क्रममा उनले भने, मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ, हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।
यस सम्मेलनका अवसरमा विश्वका धनी देशले जलवायु परिवर्तनको असरका बारेमा आफूले गर्नुपर्ने कामको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने, यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताको लागि पनि सहयोग गर्नुपर्ने प्रतिबद्धताको बारेमा पनि स्मरण गर्नुपर्ने उनले बताए।

ः एजेन्सी