पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले कसेरीमा सेवा केन्द्र शुभारम्भ गरेको छ । नयाँबजारस्थित प्रधान कार्यालय रहेको सहकारीले आफ्नो पहिलो सेवा केन्द्र बुधबारबाट संचालनमा ल्याएको हो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले सेवा केन्द्रको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै सेवा केन्द्रले कसेरीवासीलाई टेवा पुग्ने विश्वास ब्यक्त गरे । सहकारी नाफामुखी मात्रै भन्दा पनि स्थानीयहरुको जिवनस्तर उकास्ने कुरामा केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
‘सहकारीले नाफा कति भयो भन्नेमा मात्रै ध्यान राख्ने हैन । यहाँका स्थानीयहरुलाई उद्यमी बनाउन प्रेरीत गर्ने र जिवनस्तर उकास्ने खालका कार्यक्रमहरुमा पनि केन्द्रित हुनुपर्छ’ उनले भने ‘युवाहरुलाई विदेशिन रोक्न, व्यवसाय, स साना उद्योग, कृषीमा अभिप्रेरित गरि बचतको बानी विकास गर्न सहकारीको भूमिका रहनेछ भन्ने विश्वास छ ।’
राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डेले सहकारी र बचतको महत्वबारे बोले । ‘हामीले सानैदेखि बचतको बानी विकास गर्नुपर्छ । फजुल खर्चहरुलाई घटाएर बचत गर्न सक्यौँ भनेभविष्यमा यसको अर्थ ठूलो हुन्छ । बचत गर्ने बानी बसालौँ’उनले भने ।
सहकारीका अध्यक्ष रमण पौडेललेस्थानीयसँगकै साझेदारीमा विभिन्न कार्यक्रमहरु ल्याइने बताए । बचत गर्न प्रेरित गर्दै उनलेकृषी, व्यवसाय लगायतका क्षेत्रमा सहज ऋण उपलब्ध गराउने बताए ।
सो अवसरमा बोल्दै मित्र मिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार अर्जुन गिरी, रञ्जन अधिकारी र बिमला भण्डारीले कसेरी सेवा केन्द्रको सफलताको शुभकामना दिए ।
अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममासंस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले स्वागत मन्तब्य राखे । सचिव कुशल पौडेलले कार्यक्रमसंचालन गरेका थिए ।