पर्वतः काक्रोको विउ बेचेर पर्वत जिल्लाको एक गाउपालिकामा वार्षिक ३ करोड आम्दानी गरेको छ।
सुरु सुरुमा घरायसी प्रयोजनको लागि कांक्रोको विउ उत्पादन भएपनि पछिल्लो समय व्यवसायीक रुपमा नै विउ उत्पादन गर्न लागेपछि पर्वतको जलजला गाँउपालिका–७ धाइरिङको सल्यान गाउँका किसानहरुले मनग्ये आम्दानी गरेका छन्।
धाईरिङ सल्यान गाँउका स्थानियले परम्परागत रुपमा विउ उत्पादन गरेर बार्षिक ३ करोड रकम गाँउ भित्राउने गरेका पाइएको छ। अधिकांश घरपरिवार व्यवसायिक ताजा तरकारी र बिउ उत्पादनमा सक्रिय छन्। यहाँबाट भक्तपुर लोकल काक्रो र गोलभेडाको विउ उत्पादन गर्ने गरिएको छ। विगत १५ वर्ष देखि यहाँका किसानले व्यवसायिक रुपमा विउ उत्पादनमा गर्दै आएको भएपनि राज्यको तर्फवाट सहयोग नहुँदा उनीहरुले परम्परागत तवरले विउ उत्पादन गरेको कारण उचित बजार पाउँन नसकिएको कृषक एकनारायण पौडेलले बताए।
मेसिन तथा औजार विनै पनि उनिहरुले बिउ उत्पादन गरेर वर्सेनि २ देखी ३ करोड रुपैयाँ गाउँमा भित्रिन्छ। यहाँ उत्पादन गरेको भक्तपुर लोक्कल काक्रोको बिउ नेपाल भर प्रख्यात छ। यहाँका करिब ८३ घर परिवारले ३ वटा समुहमा आवद्धभई व्यवसायिक रुपमा बिउ उत्पादन गर्ने गरेको बताउछन्। उनीहरुले उत्पादन गरेको बिउको बजारिकणमा राज्यले आवश्यक सहयोग र सहजिकरण गरिदिन माग गरेका छन्। व्यवसायीक तरकारी र बिउ उत्पादन गर्ने कृषक हरुलाई वडाले मल, बिउ, साना कृषिऔजार सहयोग गर्दै आएकोले आगामी दिनमा कृषि पेशालाई व्यवसायिक बनाएर लैजाने तयारी थालेको छ। यस वर्ष देखी गाउँपालिकाले बिउ पकेट क्षेत्र घोषण गरेको वडाअध्यक्ष टुंगनाथ आचार्यले बताए। खाद्यान्न बाली लगाउँदै आएका किसालने तरकारी खेती सुरु गरेर फष्टाउँदै गएपछि तरकारी खेतीबाट आत्मनिर्भर भएका छन्। उर्वर भूमि र प्रार्यप्तसिंचाई सुविधा भएकाले सल्यानको फाँटमा बिउको साथै तरकारी खेती समेत राम्रो हुने गरेको छ। फाँटमा जग्गा नभएकाले भाडामा लिएर पनि तरकारी खेती गरेका छन्। यहाँका हरेक किसानले न्युनतम १ लाख देखि १० लाख रुपैयाँ सम्म बार्षिक आम्दानी गर्छन्।